विश्व प्रविधि मञ्चमा चम्किए हेटौंडाका अभिषेक: ‘एन्टिग्र्याभिटी’ परियोजनाको शीर्ष १० मा नेपालीको नाम
२५ जेठ, काठमाडौं।
विश्वभरका सयौं प्रविधिकर्मीहरूको योगदान रहेको एउटा अन्तर्राष्ट्रिय डिजिटल परियोजनामा हेटौंडाका अभिषेक अधिकारीले उल्लेखनीय सफलता हासिल गर्दै शीर्ष १० मा स्थान बनाउन सफल भएका छन्।
“Antigravity Awesome Skills” नामक यो परियोजना विश्वभरका करिब ४०,००० भन्दा बढी प्रयोगकर्ताले प्रयोग गर्ने एक विशाल डिजिटल ज्ञानकोश हो, जहाँ विभिन्न देशका प्रविधि विशेषज्ञहरूले आफ्नो ज्ञान तथा अनुभव साझा गर्ने गर्छन्।
अधिकारीले उक्त परियोजनामा ११ पटक नयाँ सामग्री थप्दै कुल ३,७०१ भन्दा बढी लाइन योगदान गरेका छन्। यस उत्कृष्ट प्रदर्शनका आधारमा परियोजनाले उनलाई विश्वका शीर्ष १० योगदानकर्तामध्ये #१० को स्थान प्रदान गरेको छ।
अधिकारीको उपलब्धि केवल कोड र तथ्याङ्कमा सीमित छैन। यो उनी लामो समयदेखि आफ्नो सहरलाई प्रविधिमैत्री बनाउन समर्पित व्यक्तिको कथा पनि हो।
पछिल्लो करिब ६ वर्षदेखि उनी हेटौंडाको प्रविधि समुदायमा सक्रिय रहँदै स्थानीय युवाहरूलाई डिजिटल सीपसँग जोड्न विभिन्न कार्यशाला तथा आफ्नै स्रोतसाधन प्रयोग गरेर प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दै आएका छन्।
त्यस्तै, उनले “हिमालय कृषि” नामक पहलमार्फत नेपालका किसानहरूको जीवन सहज बनाउन प्रविधि र कृषि बीचको समन्वय गर्ने प्रयास गर्दै आएका छन्। उनी लामो समयदेखि कृषिमा प्रविधिको प्रयोग (AgriTech) लाई अघि बढाउने अभियानमा सक्रिय छन्।
हेटौंडाबाट सुरु भएको यो सानो प्रयास आज विश्व प्रविधि मञ्चमा नेपालको उपस्थिति दर्ज गर्न सफल भएको छ। यस उपलब्धिले नेपालका हजारौं युवाहरूलाई प्रेरणा दिएको छ ठाउँ सानो भए पनि सोच, मेहनत र निरन्तरताले विश्वस्तरमा पहिचान बनाउन सकिन्छ।
For more: Hetauda’s Abhishek Secures Spot in Global


