यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय
१८ असार, काठमाडौं।
सरकारले नेपाल प्रहरीका ८ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)लाई सरुवा गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो।
सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बैठकका निर्णय सार्वजनिक गर्दै नेपाल प्रहरीका ८ जना प्रहरी अतिरिक्त महानिरीक्षकको सरुवासँगै विभिन्न निकायका पदाधिकारी नियुक्ति, नियमावली तथा नीतिहरू स्वीकृत गर्ने निर्णय भएको जानकारी दिए।
मन्त्रिपरिषद्ले विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको रिक्त कार्यकारी निर्देशक पदमा धनकुटाका धर्मराज खड्कालाई नियुक्त गर्ने निर्णय गरेको छ। साथै, कमैया श्रम निषेध गर्ने सम्बन्धी पहिलो संशोधन नियमावली, २०८३ स्वीकृत गरेको छ।
बैठकले शिक्षा नियमावलीको दशौँ संशोधन, २०८३ पनि स्वीकृत गरेको छ। त्यसैगरी, गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा कैलालीका हिक्मतबहादुर रावललाई नियुक्त गर्ने निर्णय भएको छ भने सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदमा मोरङका देवराज ढुंगानालाई नियुक्त गरिएको छ।
सरकारले अर्थसम्बन्धी केही नेपाल कानूनलाई संशोधन तथा खारेज गर्न बनेको विधेयक सङ्घीय संसद्मा पेश गर्न स्वीकृति दिएको छ। साथै, समुद्री जैविक विविधताको संरक्षण तथा दिगो उपयोगसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धिअन्तर्गतको सम्झौता अनुमोदनका लागि सङ्घीय संसद्मा पेश गर्न पनि स्वीकृति प्रदान गरिएको छ।
मन्त्रिपरिषद्ले अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन तथा खारेज गर्न बनेको विधेयक सङ्घीय संसद्मा पेस गर्न स्वीकृति दिने निर्णय पनि गरेको छ। यस्तै, संयुक्त राष्ट्रसंघको समुद्री कानुनसम्बन्धी महासन्धिअन्तर्गत राष्ट्रिय अधिकार क्षेत्रभन्दा बाहिरका समुद्री जैविक विविधताको संरक्षण तथा दिगो उपयोगसम्बन्धी सम्झौता अनुमोदनका लागि सङ्घीय संसद्मा पेस गर्न पनि स्वीकृति प्रदान गरिएको छ।
त्यसैगरी सरकारले राष्ट्रिय सदाचार नीति, २०८३ तथा राष्ट्रिय विज्ञापन नीति, २०८३ स्वीकृत गर्ने निर्णय गरेको मन्त्री पोखरेलले जानकारी दिए।
For More: cabinet meeting decisions nepal


