कुमारी बैंक र नेसनल प्याथ ल्याबबीच सम्झौता; ग्राहक र कर्मचारीलाई विशेष छुट
११ असार, काठमाडौं ।
कुमारी बैंक लिमिटेड र टंगाल–काठमाडौँस्थित नेसनल प्याथ ल्याब एण्ड रिसर्च सेन्टर लिमिटेडबीच बैंकका ग्राहकहरूलाई विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
यस सम्झौता अनुसार कुमारी बैंकका ग्राहक महानुभावहरूले नेसनल प्याथ ल्याबबाट प्रदान गरिने विभिन्न स्वास्थ्य परीक्षण सेवाहरूमा १० प्रतिशत (१०%) सम्मको विशेष छुट प्राप्त गर्न सक्नेछन्। बैंकका ग्राहकहरूले कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड वा मोबाइल बैंकिङ्ग मार्फत भुक्तानी गर्दा यो सुविधा पाउनेछन्।
विगत २५ वर्षदेखि निरन्तर अत्याधुनिक बैंकिङ्ग सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना ग्राहकहरूको स्वास्थ्य सुरक्षालाई विशेष मध्यनजर गर्दै आएको छ। यसअघि पनि बैंकले मेदांता, इन्द्रप्रस्थ एपोलो लगायतका देश तथा विदेशका प्रतिष्ठित अस्पतालहरूसँग विशेष छुटसम्बन्धी सम्झौताहरू गरिसकेको छ, जसले ग्राहकहरूलाई गुणस्तरीय स्वास्थ्य सेवामा सहज र किफायती पहुँच सुनिश्चित गरेको छ।
बदलिँदो समयसँग समन्वय गर्दै सेवामा निरन्तर सुधार र थप सुविधा विस्तार गर्ने अठोटका साथ आगामी दिनहरूमा अझ व्यापक र सुलभ सेवाहरू सुनिश्चित गर्ने बैंकले जनाएको छ।
हाल कुमारी बैंकले आफ्ना देशभर रहेका २८६ शाखा सञ्जाल, ३०४ एटिएम, ४१ एक्सटेन्सन काउन्टर तथा ४० शाखारहित बैंकिङ्ग ईकाईहरू मार्फत ग्राहकवर्गलाई सुरक्षित, भरपर्दो र उच्चस्तरीय सेवा सुविधा उपलब्ध गराउँदै आएको छ।
For More: kumari bank National Path


