कुमारी बैंकको एक लाख ६१ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

Kumari Bank Founder Shares
Share It On:

५ चैत, काठमाण्डौं। 

कुमारी बैंक लिमिटेडले एक लाख ६१ हजार ९५० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले विभिन्न संस्थापक शेयरधनीको नाममा रहेको शेयर बिक्रीमा ल्याएको हो ।

बैंकले शेयरधनी निर प्रसाद घिमिरेको नाममा रहेको ७० हजार ६५ कित्ता, जनक तिमल्सिनाको नाममा रहेको २७ हजार ३३ कित्ता तथा बालकृष्ण दाहालको नाममा रहेको ६१ हजार २६५ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

यस शेयरमा हाल विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद आवेदन दिन पाउनेछन् । साथै, तोकिएको समयभित्र संस्थापकहरुको खरिद आवेदन नपरेमा शेयर अन्य व्यक्ति वा संस्थामा बिक्री गरिनेछ ।

त्यस्तै बैंकले शेयरधनी रत्ना कुमारी आले मगरको नाममा रहेको तीन हजार ५८७ कित्ता शेयर बिक्रीमा ल्याएको छ । यसमा संस्थापक भन्दा अन्य व्यक्तिले खरिद आवेदन दिन पाउनेछन् ।

बिक्रीमा राखिएको शेयरको मूल्य बिक्रेताले तोकेबमोजिम हुने बैंकले जनाएको छ । खरिदकर्ताले आवश्यक कागजातसहित ३५ दिनभित्र बैंकको शेयर रजिष्ट्रार कुमारी क्यापिटल वा बैंकको प्रधान कार्यालयमा आवेदन दिनुपर्नेछ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *