कुमारी बैंकद्वारा विराटनगरमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न, वित्तीय साक्षरतामा बल

Kumari Bank Entrepreneurs Training
Share It On:

१९ असोज काठमाडौं । 

“कुमारी बैंकले मोरङ्गको समन्वयमा विराटनगरमा उद्यमी प्रशिक्षण सम्पन्न गर्दै वित्तीय साक्षरता र उद्यमशिलता विकासमा योगदान पुर्‍याएको छ।” 

Kumari Bank Entrepreneur Training

युसएडसँगको साझेदारीमा ‘देशैभरी वर्षैभरी’ उद्यमशिलता विकास एवं प्रवर्द्धधनका लागि नियमितरूपमा उद्यमी प्रशिक्षण अभियान सञ्चालन गरिरहेको बैंकले विराटनगरमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो ।

वित्तिय ज्ञान, सिप, मनोवृद्धि तथा ब्यवहार विकासबाट मात्रै ब्यवहारिकरूपमा उद्यमशिलता प्रवर्द्धधन तथा विकास हुने विश्वासले बैंकले विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको छ ।

सो अभियानमा सर्बसाधारणहरुो विषयगत संवेदनशिलतालाई सहजै बुझ्न सकिने गरी वित्तिय उद्यमी प्रशिक्षण, वित्तिय साक्षरता पुस्तिका, कुमारीजी एप, राष्ट्रियस्तरमा ख्यातिप्राप्त कलाकारहरूको अभिनयसहितका सन्देशमूलक भिडियोहरू, सचेतनामूलक सन्देशहरू विकास गरी नियमितउद्यमी प्रशिक्षणपमा प्रकाशन तथा प्रशारण समेत गरिरहेको छ ।

उद्यमी प्रशिक्षणबाट हरेक स्थानीय निकायमा रहेका उद्यमी सोचहरूको प्रर्वद्धन तथा विकासमा टेवा पु¥याउदै आर्थिकरूपमा समृद्ध परिवार, समाज तथा राष्ट्र निर्माणमा टेवा पुग्ने विश्वास रहेको बैंकले जनाएको छ ।

विगत २३ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिँदै आएको कुमारी बैंकले अनवरतरुपमा वित्तिय साक्षरता प्रवद्र्धन गर्दै आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१९ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखा रहित बैंकिङ्ग ईकाईहरूमार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरूमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।

For more: Kumari Bank Entrepreneur Training


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *