कामना सेवा विकास बैंकद्वारा नेपालपे कार्डको इस्यूइङ्ग र अक्वायरिङ्ग सेवा सुरु
५ साउन, काठमाडौं।
कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो डिजिटल बैंकिङ्ग सेवालाई अझ बढी प्रभावकारी बनाउँदै नेपालपे कार्ड (NEPALPAY Card) को इस्यूइङ्ग (Issuing) र अक्वायरिङ्ग (Acquiring) सेवाको औपचारिक थालनी गरेको छ। डिजिटल बैंकिङ्गमा नयाँ आयाम थप्दै बैंकले आफ्ना ग्राहकवर्गलाई यो अत्याधुनिक सेवा प्रदान गर्न सुरु गरेको हो।
मुख्य विशेषताहरू
नेपालपे कार्ड प्राप्ति: बैंकले आफ्ना ग्राहकहरूलाई अब सजिलैसँग नेपालपे कार्ड उपलब्ध गराउनेछ।
अन्तर्राष्ट्रिय नेटवर्कको पहुँच: नेपाल क्लियरिङ हाउस लिमिटेड (NCHL) र अन्तर्राष्ट्रिय नेटवर्क डिस्कभर (Discover) बीचको सहकार्य,एनसीएचएल (NCHL) को नेपालपे कार्डको व्यवसायिक रोलआउटपश्चात् यो कार्ड विश्वव्यापी रूपमा प्रयोग गर्न सकिने भएको छ।
एटिएम (ATM) तथा पीओएस (POS) सेवा: नेपालभर रहेका कामना सेवा विकास बैंकका एटिएमहरूबाट नेपालपे कार्डका साथै डिस्कभर लगायत अन्य अन्तर्राष्ट्रिय नेटवर्कका कार्डमार्फत समेत सजिलै कारोबार गर्न सकिनेछ।
व्यापक पहुँच: नेपाल तथा विदेशमा रहेका विभिन्न एटीएम र पीओएस टर्मिनलहरूमा समेत नेपालपे कार्ड प्रयोग गर्न सकिने सुविधा उपलब्ध गराइएको छ।
कामना सेवा विकास बैंकको डिजिटल यात्रा
नेपालका अग्रणी विकास बैंकहरूमध्ये एक कामना सेवा विकास बैंकले देशभरका करिब ८ लाखभन्दा बढी ग्राहकहरूलाई भरपर्दो सेवा प्रदान गर्दै आइरहेको छ। हाल बैंकको फराकिलो नेटवर्कअन्तर्गत:
-
१२२ शाखा कार्यालयहरू
-
१ एक्सटेन्सन काउन्टर
-
६६ एटिएम नेटवर्कहरू सञ्चालनमा रहेका छन्।
पछिल्लो समय बैंकले आन्तरिक प्रणाली तथा ग्राहक सेवालाई तीव्र रूपमा डिजिटलाइजेसनतर्फ लैजाँदै, आधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवामा विशेष जोड दिँदै आएको छ।
नेपालपे कार्डको वर्तमान स्थिति
राष्ट्रिय भुक्तानी स्विचअन्तर्गत सञ्चालनमा रहेको नेशनल कार्ड स्कीम (Nepalpay Card) मा हालसम्म ३६ भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरू आबद्ध भइसकेका छन्। यसैक्रममा ७ वटा बैंक तथा वित्तीय संस्थाले नेपालपे कार्ड इस्यू गर्न सुरु गरिसकेका छन् भने १० भन्दा बढी संस्थाले यसको अक्वायरिङ्ग सेवा सुरु गरिसकेका छन्।
For more: KSBBL enables NEPALPAY Card Issuing

