प्रविधि पत्रकारलाई ज्ञान तथा क्षमता अभिवृद्धी कार्यशाला सम्पन्न

TJF News
Share It On:

२८ मंसिर २०७९, काठमाडौं।

प्रविधि पत्रकार मञ्च (टीजेएफ) र एनसेल आजियाटा लिमिटेडले प्रविधि क्षेत्रमा रिपोर्टिङ् गरिरेहेका नेपालका पत्रकारहरुको ज्ञान तथा क्षमता अभिवृद्धीका लागि बुधबार ‘ट्रेन्डस् सेपिङ् टेलिकम्युनिकेसन’ कार्यशालाको आयोजना गरेको छ।

यो कार्यशाला विश्वमा दूरसञ्चारका क्षेत्रमा भइरहेको विकास र नेपालको अवस्थाका केन्द्रित रहेको थियो ।

प्रिन्ट, अनलाइन र टेलिभिजन लगायत मिडियाका गरि ३५ जना भन्दा बढि पत्रकारहरुको सहभागिता रहेको उक्त कार्यशालामा एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डि चोङ्ले विगत दुई दशकमा दूरसञ्चार प्रविधिका क्षेत्रमा भएको विकास र परिवर्तनसँगै टेलिकम कम्पनीहरु विस्तारै टेलिकम कम्पनीबाट टेक कम्पनी बन्दै गएको बताए । उनले एनसेल पनि त्यसै दिशामा उन्मुख भएको बताए ।

एनसेलका प्रमुख सूचना अधिकृत विशालमणि उपाध्यायले च्याटजीपीटीको उदाहरण दिदै प्रविधि कसरी विकसित हुँदै अघि बढि रहेको छ र अबका यसका आयामहरु के हुन सक्छन् भन्ने कुरा प्रकाश पारेका थिए ।

कार्यक्रममा एनसेलका टेक्नोलोजी विभागका युनिट हेड विवेक पोख्रेलले अन्तरराष्ट्रिय बजारमा कसरी डेटाको प्रयोग बढिरेहेको छ र कसरी नेपालमा पनि उपभोक्ताहरु परम्परागत भ्वाइस सेवाबाट डेटामा जाँदै गरेको छन् भन्ने प्रकाश पारेका थिए।

कार्यशालामा एनसेलका इन्टरप्राइज एन्ड होम प्रोडक्ट म्यानेजर रञ्जन शर्माले इन्टरप्राइजका लागि लक्षित गरिएको एनसेलका डेटा सेन्टरबाट प्रदान गरिने क्लाउड लगायतका सेवाहरु, फाइबर सेवा, लोकल र ग्लोबल कनेन्ट, फिक्स्ड वायरलेस एक्सेस जस्ता सेवा र महत्वका बारेमा बताइएका थिए।

डिजिटल विकासका लागि इन्टरनेट अफ थिङ्स र क्लाउडले ठूलो महत्व राख्ने भएकाले कम्पनीले सोही अनुरुप काम गरिहेको एनसेलका इन्टरप्राइज सोलुसन म्यानेजर सुशिल बिष्टले बताए ।

टीजेएफका अध्यक्ष गोपाल साउदले दूरसञ्चार आफैमा प्राविधिक विधा भएकोले यस्तो प्रकारका कार्यक्रमहरुले प्रविधिका क्षेत्रमा कलम चलाईरहेका पत्रकारहरुको ज्ञान बढाउँदै उनीहरुको रिपोर्टिङ् क्षमता अभिवृद्धी गर्ने बताए।

टीजेएफले प्रविधि पत्रकारहरुको क्षमता अभिवृद्धीका लागि विभिन्न कार्यहरु गर्दै आईरहेको छ ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *