KMC School मा अनलाईन कक्षा शुरु

KMC SCHOOL
Share It On:

१४ बैशाख २०७७, काठमाडौं  ।

काठमाडौंको के एम सी स्कुलले विद्यार्थीहरुको लागि अनलाईन कक्षा शुरु गरेको छ। कोरोना भाईरसको रोकथामका लागि सरकारले जारी गरेको लकडाउनका कारण विद्यार्थीहरु विद्यालय जान-आउन नसक्ने भएपछि बैशाख देखी अनलाईन कक्षा शुरु गरिएको प्रिन्सिपल द्वारीका अमगाईले बताए।

प्रि स्कुल र एसईईको तयारीमा रहेका विद्यार्थीहरुलाई बैशाखको शुरुदेखि नै कक्षा संचालन भएको थियो भने कक्षा १ देखि ९ सम्मका विद्यार्थीहरुलाई बैशाख १० देखि जुम र म्यासेन्जर मार्फत सञ्चालन गरिएको थियो।

विद्यार्थीले सिधै सम्बन्धित विषय शिक्षकको मोवाईल वा फेसबुक म्यासेज मार्फत जानकारी लिन सक्नेछन्। लकडाउनका कारण विद्यार्थीको पढ्ने बानीमा असर नहोस् भन्नको लागि प्रविधिको उच्चतम प्रयोग गरेको प्रिन्सिपल अमगाईले बताए।

प्रि कक्षा देखि एसइईको तयारीमा रहेका विद्यार्थीहरु अनलाई कक्षामा समावेश गरीएको छ। आ-आफ्नो कक्षागत गुरुप बनाई कक्षा शिक्षकले यसलाई व्यवस्थित बनाएको उनले बताए। हाल के एम सी स्कुलमा १४६ जना विद्यार्थी एसईई को तयारीमा छन् भने स्कुलमा करिब १३०० विद्यार्थी संख्या अध्ययनरत छन्।

उनका अनुसार स्कुलको फेसबुक पेजबाट नियमीत रुपमा फाटो/भिडियो मार्फत विद्यार्थीलाई गृहकार्य पनि प्रदान गरीदै आईएको छ। उनले विद्यार्थीहरुलाई शिक्षकले फोनका माध्यमबाट समेत नजानेका कुराहरु जानकारी दिने गरेको बताए।

कोरोना महामारीका समयमा सूचना प्रविधिका माध्यमबाट विद्यार्थीलाई घरमै बसेर अध्ययनमा सघाउ पु¥याउन तत्कालका लागि अनलाइन कक्षा मात्र विकल्प रहेको समेत उनले बताएका छन्। अनलाईन कक्षामा ८५ % भन्दा बढी विद्यार्थीहरु धेरै लाभान्वित भएका छन्। अनलाइन कक्षाबाट बढी भन्दा बढी लाभ उठाउन विद्यार्थी र अभिभावकलाई आग्रह गर्दै लकडाउनका समयमा अनावश्यक रुपमा घरबाहिर निस्कने विद्यार्थीको प्रवृत्ति रोक्न समेत अनलाईन कक्षा फलदायी हुने अमगाईको विश्वास छ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *