काठमाडौँ महानगरपालिकाद्वारा शुक्रराज ट्रपिकल अस्पताललाई १८ सय भाइल एन्टी रेबिज खोप हस्तान्तरण
खोप प्रदान गर्दै उनले भनिन्, ‘अस्पतालमा खोप अभाव हुने सम्भावना बढेको सूचना प्राप्त गरेपछि हामीले सम्भावित जनस्वास्थ्यजन्य जोखिम घटाउन अस्पताललाई सहयोग प्रदान गरेका हौँ । खोपको अभावले आउने विपदको सामनाका लागि प्रतिकार्य हो ।’ उनले रेविज जोखिमको कुरा गर्दै भनिन्, ‘जनावरले टोकेपछि उपचारका लागि जाने अस्पताल नै सरुवा रोग अस्पताल हो । यसमा लक्षण पर्खिन सकिँदैन । लक्षण देखिए पछि उपचार थालौँला भन्न सकिँदैन । यस्तो जोखिम घटाउन सबैले मिलेर काम गर्नुपर्छ ।’
खरिद प्रक्रियाका कारण खोप अभाव हुन सक्ने देखिएपछि महानगरपालिकासँग सहयोग मागिएको अस्पतालका निर्देशक डा. अनुप बास्तोलाले बताए।
खोप ग्रहण गर्दै निर्देशक डा. बास्तोलाले भने, “अस्पतालमा दैनिक २ सय जनाभन्दा धेरै व्यक्तिहरू रेबिज विरुद्धको खोप लगाउन आउनुहुन्छ। महानगरपालिकासँग माग गरेको ७ दिनभित्रै खोप प्राप्त भएको छ, यसले अस्पतालको सेवालाई थप सहज बनाएको छ। महानगरपालिकाले प्रदान गरेको खोपले हामी करिब ९ दिनको सेवा सञ्चालन गर्न सक्छौँ।”
अस्पतालले खोप खरिद प्रक्रियामा रहेको र स्टोरमा मौज्दाज खोप न्यून रहेकोले खोपको अभाव हुने परिस्थिति आउन नदिन महानगरपालिकासँग खोप माग गरेको थियो ।
For More: Kmc Rabies Vaccine Sukraraj Hospital


