खल्तीको नयाँ सेवा ‘प्रवेशिका’ मार्फत बिद्यार्थीले डिजिटल रूपमा +२ कलेजको आवेदन दिन सक्ने साथै ५ बिद्यार्थीलाई १००% छात्रवृत्ति को मौका

Khalti's Pravesika

२९ असार, काठमाडौँ।

खल्तीले +२ कलेजहरूको खोजीमा रहेका विद्यार्थीहरूलाई लक्षित गर्दै प्रवेश परीक्षाका लागि आवेदन दिन डिजिटल प्रणाली ‘प्रवेशिका’ उपलब्ध गराएको छ। यस प्लेटफर्मबाट, एसईई उत्तीर्ण विद्यार्थीहरूले एकै पटक ५०+ कलेजहरूमा आवेदन दिन सक्नेछन्। यससँगै प्रवेशिका मार्फत आवेदन दिने ५ विद्यार्थीलाई १ वर्षको  १००% छात्रवृत्ति पनि उपलब्ध  हुनेछ।

प्रवेशिका मार्फत हालै काठमाडौं उपत्यका रहेका कलेजकालागि एकै ठाउँमा भर्ना आवेदन दिन मिल्ने प्रणालीको रूपमा काम गर्दछ। यो प्रयोगकर्ता-अनुकूल डिजिटल प्लेटफर्मले कलेज र विद्यार्थीहरूलाई एक साझा प्लेटफर्ममा ल्याउँदै कलेज भर्ना प्रक्रियामा दुवै पक्षहरूलाई सजिलो बनाउँछ।

अहिले प्रवेशिकाले काठमाडौं उपत्यका भित्र रहेका ५०+ भन्दा बढी कलेजहरूको विकल्प प्रदान गर्दछ र आउँदा दिनमा उपत्यका बाहिरका कलेजहरू पनि उपलब्ध गराउने उदेश्य राखेको छ। यसैबीच, यस प्लेटफर्मको साथ, कलेजहरूले भौतिक फारमहरू सङ्कलन गर्ने झन्झटलाई पनि समाधान गर्न सक्छन् र सहज प्रवेश प्रक्रिया व्यवस्थापन गर्न सक्छन् भने बिद्यार्थी वर्गले पनि छोटो समयमा सजिलै घरै बसी ६०+ कलेज मध्ये आफूलाई अनुकूल हुने कलेज छनौट गरि आवेदन दिँदै भर्ना प्रक्रिया अगाडी बढाउन सक्नेछन् ।

प्रवेशिका बारे खल्तीका प्रमुख कार्यकारी अधिकृत बिनय  खड्का भन्नुहुन्छ ,

“शिक्षा क्षेत्रलाई पनि डिजीटाइज गर्ने लक्ष्यका साथ एसईई उत्तीर्ण विद्यार्थीहरूको लागि कलेज आवेदन प्रक्रियालाई सरल र सुव्यवस्थित बनाउन प्रवेशिका ल्यायिएको हो। प्रवेशिकाको उपयोग गर्दै अहिलेका पुस्ताले डिजिटल सेवा प्रति परिचित र प्रोत्साहित हुने कुरामा हामी  बिस्वस्त छौं। आउँदो दिनमा हामी प्रवेशिकालाई कलेज स्तरमा पनि विस्तार गर्दै लैजाने लक्ष्यका साथ अघि बढिरहेका छौ।

विद्यार्थीहरूले pravesika.com मा गएर कलेज भर्नाको लागि आवेदन दिन सक्नेछन्। आवेदकहरू मध्ये ५  भाग्यशाली विजेताहरूले नेपाल मेगा कलेज, युनिभर्सल मोडर्न कलेज, तक्षशिला एकेडेमी, साइपाल एकेडेमी, एसिया प्यासिफिक कलेज जस्ता प्रसिद्ध कलेजहरूमा 100% छात्रवृत्तिको मौका पाउनेछन्।

ISO 27001 : 2013 बाट मान्यता प्राप्त साथै भर्खरै WITSA Global Innovation & Tech Excellence Awards 2022 बाट सम्मानित , खल्ती आफ्नो सेवाको छैठौं वर्षमा पुगेको छ।

हाल खल्तीमा देशभरिका ३१ लाख भन्दा बढी प्रयोगकर्ताहरू, ७० हजार भन्दा बढी एजेन्ट, ६० हजार भन्दा व्यापारी, ५० भन्दा बढी बैंक तथा वितिय संस्था, एक हजार भन्दा बढी सहकारीहरू र २५० भन्दा बढी कर्मचारी को परिवारमा वृद्धि गरेको छ। सबै नेपालीहरूमा वित्तीय साक्षरता ल्याउने उद्देश्यका साथ खल्तीले आफ्ना डिजिटल सेवा मार्फत बिल भुक्तानी, मोबाइल र टिभी रिचार्ज, हवाई, सिनेमा, र एइभेन्ट टिकट बुकिङ, बीमा शुल्क, इ-कमर्सहरू, सरकारी राजस्व, फोहोर व्यवस्थापन बिलहरू, र थुप्रै डिजिटलाइज्ड सेवाहरू उपलब्ध गराएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here