खल्ती डिजिटल वालेटबाट रु. २० रिचार्जमा आइफोन १२ जित्ने अवसर

Khalti Wallet brings Iphone 12

२२, पुस २०७७, काठमाडौं ।

खल्ती डिजिटल मोबाइल वालेटले आफ्नो भाइबर समुदायमा जाेडिने व्य क्तिहरूका लागि “Khalti मा iPhone 12” अभियान मार्फत आइफाेन १२ जित्ने अवसर ल्याएकाे छ ।  यस अभियान अन्तर्गत खल्ती प्रयोगकर्ताहरुले बम्पर उपहारमा अहिले निक्कै प्रचारमा रहेको आइफाेन १२ पाउन सक्ने छन्।

 खल्तीले आफ्नो भाईबर स्टिकरको लन्च अन्तर्गत जनवरी ४ देखि अप्रिल ४ सम्म भाइबर समुदायमा जाेडिने ग्राहकहरूका लागि यो योजना ल्याएकाे हाे । उक्त याेजनामा सहभागी हुनेहरूमध्य बम्पर उपहारमा एक जनाले आइफाेन १२ उपहार स्वरुप पाउने छन् भने धेरै जनाले साप्ताहिक, मासिक उपहारहरु पनि जित्न सक्नेछन् ।

यस याेजनामा सहभागीहुन खल्तीको भाइबर कम्युनिटीमा जाेडिएपछि वेवसाइट Khalti.com वा खल्ती मोबाइलएपको होमस्क्रिन मा रहेकाे खल्ती ‘बजार’ मा गइ “‘Khalti मा आइफाेन १२” क्याम्पेनमा गएर २० रूपैयाँ भुक्तानी गरी रिचार्ज गर्नपर्ने छ । विजेताकाे घाेषणा याेजना सकिएको ७ दिनपछि फेसबुक लाईभमा लक्की ड्र मार्फत गरिने खल्तीले जनाएकाे छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here