खल्ती को १०% क्यासब्याक अफरमा टिकटक भिडियो बनाई रू. ५००० जित्ने मौका

Khalti Tiktok Challenge
TikTok Launch

९ भदौ २०७८, काठमाडौं ।

खल्ती डिजिटल वालेट ले खल्तीको १०% क्यासब्याक अफरमा सिर्जनात्मक टिकटक भिडियो बनाई रू. ५००० जित्ने सकिने टिकटक च्यालेन्ज प्रतियोगिता सार्वजनिक गरेको छ । खल्तीले टिकटक भिडियो बनाउनेहरूका लागि लक्षित गर्दै उक्त प्रतियोगिता सार्वजनिक गरेको हो ।

यस प्रतियोगिताको उत्कृष्ट ३ कलात्मक भिडियोहरुले रू. ५००० नगद जित्ने सुनौलो अवसर प्राप्त गर्नेछन् । यस च्यालेन्जमा प्रतिस्पर्धीले आफ्नो नम्बर रिचार्ज गर्दा पाएको १०% क्यासब्याकलाई रमाइलो ढंग मा भिडियो मार्फत् देखाउन सक्नेछन् ।

खल्ती आफैले आफ्नो टिकटकमा एउटा उदाहरण राखेको छ जसमा पसलबाट रिचार्ज कार्ड खरिद गरी घर फर्कदा रिचार्ज कार्ड हराएको र उक्त अवस्थामा खल्ती बाट रिचार्ज गरी १०% क्यासब्याक पाएको सन्देश भिडियो मार्फत दिएको छ ।

१७ अगस्ट देखि ३० सम्म सञ्चालन हुने यस प्रतिस्पर्धामा सहभागी हुनका लागि सहभागीले भिडियो बनाउनुको साथै खल्तीको आधिकारिक टिकटक र इन्स्टाग्राम फलो पनि गर्नुपर्नेछ ।

उक्त टिकटक प्रतियोगिता सम्बन्धमा सोसियल मिडिया तथा कन्टेन्ट मार्केटिंगका वरिष्ठ अधिकारी रोनिका श्रेष्ठले भन्नुभयो,
“हामीले ग्राहकहरुको रिचार्ज कार्ड खरिद र स्क्र्याच गर्न पर्ने झन्झटलाई सहज गरी डिजिटल रिचार्ज प्रोत्साहन गर्न र यसबारे सबैमा जानकारी दिने उद्देश्यले नेपालकै सबै भन्दा धेरै १०% क्यासब्याक अफरमा टिकटक च्यालेन्ज प्रतियोगिता सार्वजनिक गरेका हौँ। हामीलाई विश्वास छ, ग्राहकहरुलाइ डिजिटल भुक्तानी गर्न प्रोत्साहित गर्न यो कार्यक्रमले थप योगदान पुर्याउनेछ”

१०% क्यासब्याक अफर

खल्तीले एनसेल, नमस्ते र स्मार्टसेलको टपअपमा नेपालकै सबै भन्दा बढी १० % क्यासब्याक अफर संचालन गरिरहेको छ । यो अफर अन्तर्गत, क्यासब्याक पाउन केवाईसि भेरिफाइड रहेको खल्ती आई.डी. कै नम्बरबाट सोही नम्बरमा रिचार्ज गर्नुपर्ने हुन्छ । यो योजना सिमित समयावधि को मात्र लागि रहेको छ । रिचार्ज गर्दा सम्पूर्ण क्यासब्याक नदेखिए पनि शर्तहरु पुरा भएको खण्डमा भए ट्रान्ज्याक्सन हिस्ट्री मा पुरै क्यासब्याक पाएको देख्न सकिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here