खल्ती बाट नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रिमियम क्यासब्याक पाइने

Khalti CashBack Offer

९ भदौ २०७८, काठमाडौं ।

अनलाईन भुक्तानी सेवा प्रदायक कम्पनी खल्ती डिजिटल वालेट बाट नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रिमियम तिर्दा ग्राहकहरुले रु. १५०० सम्मको आकर्षक क्यासब्याक पाउने भएका छन्।

७ भाद्र, २०७८ देखि सुरु भइ सिमित अवधिको लागि संचालन हुने उक्त अफरमा सहभागी हुन नेपाल लाइफ इन्स्योरेन्सका बिमित ग्राहकले आफ्नो खल्ती केवाईसी भने अनिवार्य भेरिफाइ गराएको हुनुपर्नेछ।

खल्ती अकाउन्ट नभएका नयाँ ग्राहकहरुले पनि खल्ती एप डाउनलोड गरी आफ्नो खल्ती केवाईसी भेरिफाइ गरीसकेपछि उक्त अफरमा सहभागी हुन सक्नेछन्।

नेपाली बजारमा गरीने हरेक भुक्तानी प्रक्रिया डिजिटाइज गरि ग्राहकवर्गहरुको समय र पैसा बचत गर्ने हेतुले उक्त अफर कार्यान्वयनमा ल्याएको जानकारी खल्ती डिजिटल वालेटका प्रवन्धक, श्री पवल खरेलले गराउनुभयो।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बीमा शुल्क खल्ती बाट तिर्न बिमितले निम्न सरल तरिकाहरु अपनाउनु पर्नेछ :

  • खल्ती एप लगइन गरि “इन्स्योरेन्सआइकन मा ट्याप गर्ने
  • नेपाल लाइफ इन्स्योरेन्ससेलेक्ट गर्ने
  • अब सम्पुर्ण विवरण दाखिला गरि प्रोसिड टु पेमा क्लिक गर्ने
  • अन्त्यमा “पेमेन्ट” अप्सन छानी भुक्तानी गर्ने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here