“नाडा ईभी एक्सपो २०२२ ” को एक मात्र टिकटिङ्ग पार्टनर -‘खल्ती’ ले २५% क्यास्ब्याक दिने

NADA-EV-Expo
Share It On:

३० भदौ २०७९ काठमाडौं।

खल्तीले यसपालीको “नाडा ईभी एक्सपो २०२२” सँग एक मात्र टिकटिङ्ग पार्टनरको रुपमा साझेदारी गरेको छ। यस साझेदारी पश्चात अब खल्ती प्रयोगकर्ताले ‘नाडा ईभी एक्सपो २०२२’ को  टिकट खल्ती मार्फत खरिद गरि एक्स्पोमा सहभागी हुन सक्नेछन्।

असोज ६ देखि असोज ९ सम्म हुन गइरहेको यस एक्स्पो मा  बिद्यार्थी वर्गले रु १५०  र अरुले रु २०० भुक्तानी गर्नुपर्ने टिकट शुल्कमा खल्ती मार्फत टिकट काट्दा २५% क्यास्ब्याक प्राप्त गर्न सक्नेछन्।

विद्युतीय  सवारी साधनबारे अत्यधिक जनचेतना अभिवृद्धि गर्न आयोजना गरिएको यस एक्स्पोमा विभिन्न कम्पनिहरूले आफ्नो प्रोडक्ट प्रदर्शन गरि आफ्नो सेवा र स्किमहरुको बारेमा पनि जानकारी गराउनेछन्।

यस एक्स्पोमा ठूला तथा साना गरि ५१ वटा स्टल र ब्लकहरु रहने छन्।एक्स्पोमा ९ वटा ब्राण्डका चार पाङ्ग्रे, एउटा ब्राण्डको तीन पाङ्ग्रे, १६ वटा ब्राण्डका दुई पाङ्ग्रे, ३ वटा ब्राण्डका टायर, २ वटा ब्राण्डका ब्याटरी, ९ वटा पार्ट–पुर्जा, ग्यारेज उपकरण कम्पनी एवं अटो पत्रिका तथा ४ वटा वित्तिय संस्थाहरुको सहभागिता रहेको छ। एक्स्पोलाई बढी जानकारी मूलक, सेवा मूलक र ग्राहकमूखि बनाउन बित्तिय सेवा, बिक्रि पछिको सेवा एवं इन्सुरेन्सका छुट्टाछुट्टै स्टलहरू पनि रहनेछन्।

थुप्रै स्टलहरू मध्ये खल्तीको पनि एक स्टल रहेको छ जहाँ सहभागीहरूले खल्तीको विभिन्न अफर्सहरुको बारे सम्पूर्ण जानकारी प्राप्त गर्नेछन् र खल्तीमा उपलब्ध अन्य रोचक खेलको मज्जा पनि लिन सक्नेछन्।

यस बारे ‘खल्ती’का प्रमुख कार्यकारी अधिकृत विनय खड्का भन्नुहुन्छ  , हामी “नाडा ईभी एक्सपो २०२२ ” सँग एक मात्र  टिकटिङ्ग पार्टनरको रूपमा सहकार्य गरेर  आफ्ना ग्राहकहरुलाई टिकटिङ्गको सुविधा प्रदान गर्न पाउँदा निकै खुशी छौं । हाम्रो टिकट सुविधाले प्रदर्शनी स्थलमा भिंडभांड कम गरि आगन्तुकहरूको भ्रमणलाई सहज बनाउने र प्रदर्शनीलाई अझै सहज बनाउने कुरामा हामी बिश्वस्त छौं  साथै डिजिटल टिकटिङ्गलाई प्रोत्साहन गर्नकालागि २५% क्यास्ब्याक पनि प्रदान गरेका छौं।”

खल्तीले नेपालको फिनटेक उद्योगमा आफूलाई युवा, प्रचलित र नवीन ब्रान्डको रूपमा स्थापित गरेको छ। करिब ६ वर्षको अवधिमा खल्ती डिजिटल वालेटको ६० हजार+ एजेन्ट नेटवर्कको साथमा देशभर २३ लाखभन्दा बढी प्रयोगकर्ताहरू छन्। यस मार्फत् प्रयोगकर्ताले बिलहरू भुक्तानी, मोबाइल र टिभी रिचार्ज, उडान र चलचित्र टिकट बुकिङ, बीमा प्रिमियम, अनलाइन सपिङ साइटहरू, सरकारी राजस्व, फोहोर व्यवस्थापन बिलहरू, र अन्य धेरै सेवाहरूको डिजिटल भुक्तानी गर्न सक्नेछन्। साथै, खल्तीले प्रदान गर्ने भुक्तानी सेवाहरूले पनि धेरै साना तथा ठूला व्यवसायहरूलाई आफ्नो बिक्री अनलाइन स्थानान्तरण गर्न प्रोत्साहित गरेको छ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *