प्रभु बैंक लिमिटेड र होटेल तराई इन प्रा. लि. बिच आकर्षक छुट प्रदान गर्ने सम्झौता

Discount Agreement with Hotel Tarai INN

३० भदौ २०७९ काठमाडौं।

प्रभु बैंक लिमिटेड र चन्द्रनिगाहपुर स्थित होटेल तराई इन प्रा. लि. बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

बैंकका तर्फबाट चन्द्रनिगाहपुर शाखा कार्यालय प्रमुख श्री राजेश पोखरेल र होटेल तराई इन प्रा. लि.का तर्फबाट प्रबन्ध निर्देशक अमुल रानाद्घारा उक्त सम्झौतामा हस्ताक्षर गर्नुभएको हो ।

प्रभु बैंक र उक्त होटल बिच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहनुभएका सम्पूर्ण ग्राहक महानुभावहरुले होटेल तराई इन प्रा. लि. द्धारा सञ्चालित “रेस्टुरेन्ट” सेवामा १० प्रतिशत र “लजिङ्ग” सेवामा २५ प्रतिशत छुट प्राप्त हुने भएको छ।

उतm सम्झौता अन्तर्गत होटेल तराई इन प्रा. लि.मा सुविधा लिन चाहनुहुने प्रभु बैंकका ग्राहक महानुभावहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, होटेल तराई इन प्रा. लि.का उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ ।

यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहक महानुभावहरु लाभान्वित हुनुहुनेछ भन्ने बैंकले विश्वास लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here