दिव्या सेक्युरिटिज र खल्तीले गरे सहकार्य, अब नविकरण शुल्कतिर्न सकिने

Deevyaa Securities Partners with Khalti to Enable Demat and MeroShare Renewal Fee Payments to Its Customers

२०७६ भदौ २ गते

दिव्या सेक्युरिटिज मार्फत शेयर कारोबार गर्ने व्यक्तिहरूले अबदेखि खल्ती प्रयोग गरी मोबाईलबाटैै हितग्राही खाता (डिम्याट) र मेरोशेयरको शुल्क भुक्तानी गर्न सक्ने भएका छन् ।

दिव्या सेक्युरिटिज एण्ड स्टक हाउस प्रा.लि. विद्युतीय माध्यमबाट राफसाफ तथा फछ्र्यौट कार्य अगाडि बढाउनको लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी नेपाल स्टक एक्सचेन्ज लि. बाट सदस्यता लिएको एक शेयर कारोबारको मध्यस्थता गर्ने कम्पनी (ब्रोकर नं ५९) हो । यस कम्पनीले लगानीकर्तालाई छिटो छरितो सेयर खरिद विक्री गर्ने सुविधा प्रदान गर्छ ।

अब दिव्या सेक्युरिटिजका ग्राहकले खल्ती एप तथा वेबसाईटमा ‘शेयर’ आईकन थिचेर केहि क्लिकमै बिना कुनै अतिरिक्त शुल्क छिटो र सजिलो तरिकाले डिम्याट तथा मेरोशेयर नवीकरण शुल्क भुक्तानी गर्न सक्नेछन् । खल्ती र दिव्या सेक्युरिटिजको यस सहकार्यले डिम्याट तथा मेरोशेयर खातावालहरु कार्यालयमै पुगेर नवीकरण शुल्क तिर्न पर्ने झन्झट अन्त्य हुने अपेक्षा गरिएको छ ।

उक्त सम्झौताको बारेमा बोल्दै दिव्या सेक्युरिटिज एण्ड स्टक हाउस प्रा.लि. का प्रवन्ध निर्देशक रामप्रसाद आचार्यले भन्नुभयो,

“हामीले खल्तीसँग यस प्रकारको सहकार्य गरी डिम्याट र मेरोशेयर नवीकरण शुल्कको डिजिटल भुक्तानी सेवा सुरु गर्न पाउँदा हामी उत्साहित छौँ । अब दिव्या सेक्युरिटिजका ग्राहकहरुले खल्ती एप प्रयोग गरेर आफ्नो मोबाईलबाट सिधै आफ्नो डिम्याट र मेरोशेयर खाताको नवीकरण शुल्क तिर्न सक्नुहुन्छ । यस प्रकारको डिजिटल भुक्तानी सेवाले ग्राहकहरुलाई सुविधा पुर्याउने कुरामा हामी विश्वस्त छौँ।” त्यस्तै, खल्तीका प्रवन्ध निर्देशक मनिष मोदीले भन्नुभयो,

“नेपालको सन्दर्भमा अहिले पनि डिम्याट तथा मेरोशेयर खातावालहरु बैंक तथा ब्रोकर हाउसको कार्यालयमै पुगेर नवीकरण शुल्क तिर्नु पर्ने बाध्यता छ । खासमा यो काम त्यति धेरै बोझिलो हुनुहुँदैन भन्ने हेतुका साथ खल्तीले मोबाईलबाटै सहजतापूर्ण तरिकाले नवीकरण शुल्क भुक्तानी सेवा प्रदान गर्नका लागि दिव्या सेक्युरिटिजसँग सहकार्य सुरु गरेको हो । हामीलाई आशा छ यो सहकार्य सँगै अब डिम्याट तथा मेरोशेयर खातावालहरुको उक्त बोझ हटेर जानेछ । यस सेवाको सुरुवातसँगै हामी दैनिक कारोबारलाई डिजिटल बनाउन एउटा अर्को पाइला अगाडी सारेको महसुस गरेका छौँ । खल्तीले छिट्टै अरु धेरै ब्रोकर हाउसहरु माझ यो सेवा विस्तार गर्नेछ ।”

सन २०१७, जनावरी २६ बाट नेपाली बजारमा आरम्भ भएको खल्ती, एक उदीयमान र रुचाइएको पेमेन्ट गेटवे हो । खल्तीको मोबाइल एप तथा वेबसाइट प्रयोग गरी मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, बिमाशुल्क भुक्तानी, फिल्म टिकेटिङ, प्लेन टिकेटिङ, इभेन्ट्स टिकेटिङ, होटेल रुम बुकिङ आदि गर्ने, इ–कमर्स मार्फत किनिएको सामानको भुक्तानी, दैनिक पत्रिकाहरुको ग्राहक–शुल्क तिर्ने जस्ता अन्य थुप्रै सेवाहरु लिन सकिन्छ । हाल खल्ती प्रयोगकर्ताहरुको संख्या ८ लाखभन्दा बढी रहेको छ ।

कसरी डाउनलोड गर्ने खल्ती एप ?

खल्ती एप खल्ती डटकम बाट डाउनलोड गर्न र डिम्याट तथा मेरोशेयरको नवीकरण शुल्क भुक्तानी गर्न सकिन्छ ।

के हो डिम्याट ? डिम्याट खाता कसरी खोल्न सकिन्छ ?

डिम्याट भनेको भौतिक रुपमा भएका शेयर प्रमाणपत्रलाई अभौतिक (इलेक्ट्रोनिकीकरण) गर्ने प्रक्रिया हो । शेयरको डिम्याट गर्नका लागि केन्द्रिय निक्षेप सेवा (सिडिएसी) बाट सदस्यता लिएको निक्षेप सदस्य (डिपोजीटरी पार्टि्सिपेन्ट) मार्फत खाता खोली भौतिकरुपमा रहेको शेयरलाई विद्युतीयकरण गर्न सकिन्छ । साधारण शेयरको आवेदनका लागि समेत डिम्याट खाता अनिवार्य हुन्छ ।

डिम्याट खाता खोल्नका लागि सामान्यतः बैंकमा खाता खोल्दाकै प्रक्रियामा जानुपर्छ । तर, बैंक खातामा पैसा जम्मा हुन्छ भने डिम्याट खातामा शेयर जम्मा हुन्छ । नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सिडिएससीको सदस्यता लिएको बैंक वित्तीय संस्था, मर्चेन्ट बैंकर वा ब्रोकर कम्पनीले निश्चीत मापदण्ड पुरा गरी निक्षेप सदस्यको काम गर्ने संस्थाले हितग्राही खाता (डिम्याट अकाउन्ट) खोलिदिन्छ । डिम्याट खोलेपछि आफूसँग भएको वा खरिद गरेको शेयर सोहि खातामा जम्मा हुन्छ । खाता खोलेपछि आफ्नो खाता नम्बर तथा चेक बुक पाइन्छ।

डिम्याट खाता खोल्न पहिला एक सय ५० रुपैयाँ लाग्छ । त्यसपछि वार्षिक सय रुपैयाँ तिरेर नविकरण गर्नुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here