पहिलो पटक गण्डकी प्रदेशमा नेपाल पुलिस मोबाइल एपको सुरूवात
१३, भदौ २०७७, काठमाडौं ।
प्रहरीको काम-कारबाहीलाई प्रविधि मैत्री सेवाको रुपमा संस्थागत विकास गर्ने उदेश्य अनुरुप पाइलट प्रोजेक्टको रुपमा भदौ ११ गतेबाट नेपाल प्रहरीको मोबाईल एप ‘नेपाल पुलिस औपचारीक रुपमा सञ्चालन भएको छ ।
विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसलाई मध्यनजर गर्दै कार्यालयको सभाहलबाट भिडियो कन्फरेन्स मार्फत पत्रकार सम्मेलन गरी जिल्ला प्रहरी कार्यालय, कास्कीका कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठले उक्त एपको सुरुवातगरका हुन् । सोही एप २४/७ मनिटरिङ गर्ने जनशक्ति सहित संचालन गरिएको छ ।
Advertisement
यस एप मार्फत समुदायमा घट्ने अपराधिक कृयाकलाप, अपराधिक घटनाहरु तथा सुचनाहरुलाई छिटो छरितो र प्रविधियुक्त तवरबाट सम्बोधन गरी थप क्षति हुन नदिन तथा अपराधिलाई तत्काल नियन्त्रण गर्नुका साथै कास्की जिल्लाको समग्र रुपमा शान्ति सुरक्षा तथा अमनचयन कायम राख्ने उदेश्यले थप सुचनाको माध्यम ‘नेपाल प्रहरीको मोवाईल एप गण्डकी प्रदेशकै पहिलो पटक सुभारम्भ गरिएको छ । कार्यक्रममा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्राविधिक प्रहरी निरीक्षक गजेन्द्र आचार्यले मोवाईल एप सम्बन्धी जानकारी दिएका थिए भने प्रहरी उपरीक्षक श्रेष्ठले मोवाईल एप संचालन, यसको उद्देश्य र कार्यान्वयन सम्बन्धमा प्रस्ट पारेका थिए ।
Author: रमेश बि. सी.

