सामसङले ग्यालेक्सी नोट २० र नोट २० अल्ट्राको प्रि बूकिङ अवधी लम्बायो

Samsung Announces Extension of Pre-Book

१२, भदौ २०७७, काठमाडौं

  • ग्राहकहरुले अब यी शक्तिशालि फोनहरु को प्रि बूकिङ भाद्र १९ सम्म गर्न सक्नुहुनेछ
  • ग्यालेक्सी नोट २० को प्रि–बुक गर्नुहुने ग्राहकहरुले अतिरिक्त फाइदा समेत प्राप्त गर्न सक्नुहुनेछ

सामसङले आज आफ्ना नयाँ फ्ल्यागशिप फोनहरु ग्यालक्सी नोट २० र ग्यालक्सी नोट २० अल्ट्रामा प्रि बुक विस्तार गर्ने घोषणा गरेको छ।
देशका अधिकांश भागहरूमा कोविड १९ द्वारा प्रभावित भएका अवस्थाका कारण कम्पनीले प्रि बुक अवधि भाद्र १९ सम्म विस्तार गर्ने निर्णय गरेको छ। अब ग्राहकहरूले सबै रोमाञ्चक प्री बुक अफरहरु विस्तारित अवधि सम्म लिन सक्नुहुनेछ।

मूल्य तथा प्रि–बुक अफरहरु

ग्यालक्सी नोट २० को नेपाली बजारमा रु. १,०९,९९९ रहेको छ भने ग्यालक्सी नोट २० अल्ट्रा को बजार मूल्य रु. १,३९,९९९ तोकिएको छ ।

ग्यालक्सी नोट २० अल्ट्रा को प्रि–बुकिङ्ग गर्नुहुने ग्राहकहरुले यी मध्ये कुनै एक छनौट गर्न सक्नुहुनेछः

  • ग्यालेक्सी बडं, वा
  •  ग्यालेक्सी वाच ३ (४५ एम एम) रु २९,९९९ मा खरिद गर्न र ग्यालेक्सी वाच ३ (४१ एम एम) रु २७,९९९ मा खरिद गर्न, वा
  • सामसङग ीभ्म् त्ख् (३२ इन्च) रु ८,९९९ मा खरिद गर्न

त्यसै गरी ग्यालक्सी नोट २० को प्रि–बुकिङ्ग गर्नुहुने ग्राहकले यी मध्ये कुनै एक छनौट गर्न सक्नुहुनेछः

  • ग्यालेक्सी बडं, वा
  • ग्यालेक्सी वाच ३ (४५ एम एम) रु ३१,९९९ मा खरिद गर्न र ग्यालेक्सी वाच ३ (४१ एम एम) रु २९,९९९ मा खरिद गर्न, वा
  • सामसङग LED TV  (३२ इन्च) रु ९,९९९ मा खरिद गर्न

यसका साथै, प्रि–अर्डर गर्दा देहाय बमोजिको गिफ्ट पनि प्राप्त गर्न सकिने छः

  • टर्किस एयरलाइन्सको बिजिनेस क्लासको टिकट खरिदमा ७५ प्रतिशत सम्म छुट तथा इकोनोमिक्स क्लासको टिकट खरिदमा ५५ सम्म छुट
  • सहुलियत दरमा वाटर फ्रन्ट रिसोर्टको रुमहरु उपलब्ध
  • लेट मि इनको सेवामा छुट
  • CellPay का प्रयोगकर्ताहरुलाई लोयल्टी प्वाइन्ट

अग्रिम अर्डर गर्नुभएका ग्राहकहरुलाई एकपटकको टुटफुटमा एन एल जि इस्युरेन्सबाट १ वर्षको बीमा तथा विभिन्न बैंकबाट मासिक किस्तामा (इएमआई) खरिद गर्न सकिने सुविधा पनि उपलब्ध हुनेछ । साथै अर्को स्टोर तथा IMS SMart मार्फत सामसङ स्मार्टफोनका ग्राहकहरुले एक्स्चेन्ज गर्ने सकिने सुविधा रहेको छ ।
साथै अग्रिम अर्डर गर्नुहुने ग्राहकहरु लक्की ड्र का लागि स्वतः योग्य हुनुहुनेछ जसमा विजेताहरुले टर्कीस एयरलाईन्सको तर्फबाट EU का देशहरुमा दुइतर्फी बिजनेस क्लास टिकेट, दोस्रो, तेस्रो ता चौथो हुनुहुने ग्राहकले ग्यालेक्सी बडं पाँचौं र छैटौं हुनुहुने ग्राहकहरुले हिमालयन फ्रन्ट होटल वा केजीएच ग्रुपको वाटरफन्ट रिसोर्ट मध्ये एकमा दुई रात बसाइ एक जोडीलाई बि एण्ड बि को बेसिसमा पाउनुहनेछ । सातौं भाग्यशाली विजेताले लेट मि इनको तर्फबाट रु. १०००० र बराबरको कुपन पनि पाउनुहुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here