कामना सेवा विकास बैंकद्वारा डिजिटल वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

Kamana Sewa Bikas Bank
Share It On:

११ चैत, काठमाण्डौं।

कामना सेवा विकास बैंक बुटवल क्षेत्रले ग्लोबल मनी विकको उपलक्ष्यमा बुटवलका उद्योगी व्यापारीहरुलाई लक्षित गरि डिजिटल वित्तीय साक्षरता कार्यक्रम चैत १० गते सम्पन्न गरेको छ । कार्यक्रममा उद्योगी व्यापारी तथा प्रतिनिधिसहित १५० जनाको उपस्थिति रहेको थियो ।

विश्व वित्तीय सप्ताह किशोर तथा युवाहरूमा वित्तीय शिक्षाको महत्व बारेमा जागरण ल्याउने Organization of Economic Cooperation and Development (OECD) को संयोजनमा हरेक वर्ष मार्च १८ देखि २४ सम्म मनाउने गरिन्छ ।

बैंकका सञ्चालक  भिम प्रसाद तुलाचनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रुपन्देही प्रहरी प्रमुख रञ्जीत सिंह राठोरको प्रमुख आतिथ्यता रहेको थियो ।

लघुवित्त संघका अध्यक्ष, उद्योगी व्यापारीहरु तथा विभिन्न संघका प्रतिनिधिहरुको उपस्थिति रहेको कार्यक्रममा बैंकका कानुन विभागका प्रमुख डण्डापानी भट्टराई तथा केन्द्रीय सञ्चालन विभागका प्रमुख राहुल कुमारले प्रस्तुतीकरण गरेका थिए ।

आजको युग डिजिटल युग भएको र यस डिजिटल युगमा अनेक अवसर भएता पनि डिजिटल माध्यमबाट नै धेरै ठगी हुने भएको भन्दै अनलाईन ठगी र डिजिटल बैंकिङको चुनौतीको बारेमा जानकारी गराए ।

बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्र मार्फत् आफ्नो अत्याधुनिक सेवा सुविधाहरु प्रदान गरेको छ ।

सो डिजिटल वित्तिय साक्षरता कार्यक्रम बैंकका बुटवल क्षेत्रको प्रमुख खीम लाल भुसालले संचालन गरेका थिए  । व्यापार संघका अध्यक्ष  दिपक प्रसाद अधिकारीले यस्तो डिजिटल वित्तिय साक्षरता कार्यक्रम निकै उपयोगी रहेको बताए ।

हाल बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्र मार्फत् आफ्नो अत्याधुनिक सेवा सुविधाहरु प्रदान गरि रहेको छ ।

Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *