कामना सेवा विकास बैंकद्वारा डिजिटल वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
११ चैत, काठमाण्डौं।
कामना सेवा विकास बैंक बुटवल क्षेत्रले ग्लोबल मनी विकको उपलक्ष्यमा बुटवलका उद्योगी व्यापारीहरुलाई लक्षित गरि डिजिटल वित्तीय साक्षरता कार्यक्रम चैत १० गते सम्पन्न गरेको छ । कार्यक्रममा उद्योगी व्यापारी तथा प्रतिनिधिसहित १५० जनाको उपस्थिति रहेको थियो ।
विश्व वित्तीय सप्ताह किशोर तथा युवाहरूमा वित्तीय शिक्षाको महत्व बारेमा जागरण ल्याउने Organization of Economic Cooperation and Development (OECD) को संयोजनमा हरेक वर्ष मार्च १८ देखि २४ सम्म मनाउने गरिन्छ ।
बैंकका सञ्चालक भिम प्रसाद तुलाचनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रुपन्देही प्रहरी प्रमुख रञ्जीत सिंह राठोरको प्रमुख आतिथ्यता रहेको थियो ।
लघुवित्त संघका अध्यक्ष, उद्योगी व्यापारीहरु तथा विभिन्न संघका प्रतिनिधिहरुको उपस्थिति रहेको कार्यक्रममा बैंकका कानुन विभागका प्रमुख डण्डापानी भट्टराई तथा केन्द्रीय सञ्चालन विभागका प्रमुख राहुल कुमारले प्रस्तुतीकरण गरेका थिए ।
आजको युग डिजिटल युग भएको र यस डिजिटल युगमा अनेक अवसर भएता पनि डिजिटल माध्यमबाट नै धेरै ठगी हुने भएको भन्दै अनलाईन ठगी र डिजिटल बैंकिङको चुनौतीको बारेमा जानकारी गराए ।
बैंकले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्र मार्फत् आफ्नो अत्याधुनिक सेवा सुविधाहरु प्रदान गरेको छ ।
सो डिजिटल वित्तिय साक्षरता कार्यक्रम बैंकका बुटवल क्षेत्रको प्रमुख खीम लाल भुसालले संचालन गरेका थिए । व्यापार संघका अध्यक्ष दिपक प्रसाद अधिकारीले यस्तो डिजिटल वित्तिय साक्षरता कार्यक्रम निकै उपयोगी रहेको बताए ।