कामना सेवा विकास बैंकद्वारा महेन्द्रनगरको बैजनाथ विद्यालयलाई शैक्षिक सामग्री वितरण
१२ असार, काठमाडौं ।
कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत कञ्चनपुरको वेदकोट नगरपालिका वडा नं. ८ मा अवस्थित श्री बैजनाथ माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई स्टेशनरी तथा शैक्षिक सामग्री वितरण गरेको छ।
बैंकका महेन्द्रनगर शाखा प्रमुख कृष्णसिंह भाटले, वेदकोट नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष महेशदत्त जोशीको उपस्थितिमा, विद्यालयमा अध्ययनरत विपन्न तथा गरिबीको रेखामुनि रहेका विद्यार्थीहरूलाई स्टेशनरी तथा शैक्षिक सामग्री वितरण गरे।
सामग्री हस्तान्तरण कार्यक्रममा वेदकोट नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष महेशदत्त जोशीको विशेष उपस्थिति रहेको थियो। सो अवसरमा बोल्दै वडा अध्यक्ष जोशीले सामुदायिक विद्यालयहरूमा अधिकांश कमजोर आर्थिक अवस्था भएका विद्यार्थीहरू अध्ययन गर्ने भएकाले बैंकले गरेको यो शैक्षिक सहयोगले उनीहरूको पठनपाठनमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो। साथै, उहाँले बैंकको यस उदाहरणीय कार्यको प्रशंसा समेत गरे।
त्यस्तै, बैंकका महेन्द्रनगर शाखा प्रमुख कृष्णसिंह भाटले विद्यार्थीहरूलाई स्टेशनरी तथा शैक्षिक सामग्री वितरण गर्न पाउँदा खुसी व्यक्त गरे। उनले यस्ता कार्यक्रममार्फत समुन्नत समाज विकासका लागि स्थानीय समुदायसँग हातेमालो गर्न बैंक सधैं तत्पर रहने प्रतिबद्धता जनाए।
उक्त वितरण कार्यक्रममा बैंकका कर्मचारीहरू, वडा अध्यक्ष, श्री बैजनाथ माध्यमिक विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
बैंकले आगामी दिनहरूमा पनि सरोकारवालाहरूसँग समन्वय र सहकार्य गर्दै यस्ता सामाजिक तथा वित्तीय साक्षरताका कार्यक्रमहरूलाई निरन्तरता दिने जनाएको छ।
For More:-Kamana Sewa Bank Distribution


