सुनचाँदी व्यवसायलाई डिजिटल बनाउन ‘जेजे लाइट’ सफ्टवेयर सार्वजनिक | Matrika Technology
३० असोज, काठमाडौं।
मातृका टेक्नोलोजीले नेपाली सुनचाँदी तथा गहना व्यवसायको पूर्ण डिजिटल रूपान्तरणका लागि ‘जेजे लाइट’ (JJ Lite) सफ्टवेयर सार्वजनिक गरेको छ। बिक्री, खरिद, स्टक, कालिगढ व्यवस्थापनका साथै AI सहयोगी ‘जेजे-साथी’, ‘जेजे-मार्ट’ र ‘जेजे-बचत’ जस्ता सुविधाहरू समेटिएको यो सफ्टवेयर मासिक रु. ९९९ देखि उपलब्ध छ।
कम्प्युटर, मोबाइल र ट्याबलेटबाट नेपाली र अंग्रेजी दुवै भाषामा चलाउन सकिने यस प्रविधिले परम्परागत गहना व्यवसायलाई आधुनिक र व्यवस्थित बनाउन मद्दत गर्दछ।
नेपाली सुनचाँदी तथा गहना व्यवसायलाई आधुनिक प्रविधिसँग जोड्दै पूर्ण डिजिटल रूपान्तरण गर्ने उद्देश्यका साथ ‘जेजे लाइट’ नामक नयाँ सफ्टवेयर सार्वजनिक गरिएको छ ।
विगत ८ वर्षदेखि नेपाली गहना व्यवसायलाई ‘जे–ज्वेलरी सफ्टवेयर’ मार्फत सेवा दिँदै आएको मातृका टेक्नोलोजीले बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा आयोजित एक कार्यक्रमबीच आफ्नो नयाँ उत्पादन सार्वजनिक गरेको हो ।
पुस्तौँदेखि परम्परागत सिप, मौलिक डिजाइन र सांस्कृतिक अभ्यासमा निर्भर रहँदै आएको नेपाली सुनचाँदी व्यवसाय पछिल्लो समय विस्तार भएसँगै हिसाबकिताब र व्यावसायिक व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ ।
यसैलाई सम्बोधन गर्न नेपाली गहना व्यवसायको वास्तविक कार्यशैलीअनुसार यो प्रणाली तयार पारिएको कम्पनीले जनाएको छ ।
गहना व्यवसायका सबै सुविधा एउटै प्रणालीमा ‘जेजे लाइट’ मार्फत गहना पसलको दैनिक सञ्चालनलाई सहज बनाउन बिक्री तथा बिलिङ, खरिद व्यवस्थापन, स्टक विवरण, कालिगढ व्यवस्थापन, ग्राहक सम्बन्ध व्यवस्थापन र व्यावसायिक कागजात व्यवस्थापनका सुविधाहरू उपलब्ध गराइएको छ । साथै, नेपाल वित्तीय प्रतिवेदन मानमा आधारित लेखा व्यवस्थापनसमेत यसमा समावेश छ ।
नेपाली र अंग्रेजी दुवै भाषामा प्रयोग गर्न सकिने यो प्रणालीलाई कम्प्युटरका साथै मोबाइल र ट्याबलेटबाट पनि सहजै चलाउन मिल्ने गरी बनाइएको छ । साना तथा ठूला सबै व्यवसायीलाई लक्षित गरी यो सफ्टवेयर मासिक रु. ९९९ देखिको प्याकेजमा उपलब्ध गराइएको छ ।
कृत्रिम बौद्धिकता र थप डिजिटल पहलसफ्टवेयरसँगै कम्पनीले विभिन्न डिजिटल सेवाहरूको अवधारणा पनि अघि सारेको छ। जसमा गहना पसललाई डिजिटल बजारसँग जोड्ने ‘जेजे–मार्ट’ सुनचाँदी बचत गर्ने ‘जेजे–बचत’ र गहना व्यवसायसँग सम्बन्धित पात्रो ‘जेजे–पात्रो’ रहेका छन् ।
त्यसैगरी, कृत्रिम बौद्धिकतामा आधारित सहयोगी ‘जेजे–साथी’, व्यवसायीहरूबीच अनुभव आदानप्रदान गर्ने साझा मञ्च ‘जेजे–कम्युनिटी’ तथा सिकाइ सामग्री उपलब्ध गराउने ‘जेजे–पाठशाला’ जस्ता सुविधाहरू समेत विकास गरिएको छ ।
ग्राहकको रुचिअनुसार चिना बनाई रत्न तथा धातुसम्बन्धी ज्योतिषीय सुझाव दिने व्यवस्थासमेत यस पहलमा समेटिएको छ ।
कालिगढीलाई विश्व बजारसम्म पुर्याउने र महिला सहभागिता बढाउने लक्ष्यमातृका टेक्नोलोजीले नेपाली कालिगढको मौलिक सिप र सिर्जनशीलतालाई आधुनिक प्रविधिमार्फत अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउनुपर्नेमा जोड दिएको छ ।
साथै, पारिवारिक रूपमा श्रीमान् र श्रीमती मिलेर सञ्चालन गरेका गहना पसलहरू बढी सफल देखिएको अनुभवका आधारमा महिलालाई सक्रिय साझेदार र निर्णयकर्ताका रूपमा अघि बढाउन व्यवसायको जानकारीमा सहज पहुँच दिने नीति लिइएको कम्पनीले जनाएको छ ।
प्रविधि परम्पराको विकल्प नभई त्यसलाई अझ व्यवस्थित, दिगो र सम्भावनायुक्त बनाउने माध्यम भएको उल्लेख गर्दै कम्पनीले यस अभियानलाई सफल बनाउन व्यवसायी, कालिगढ, ग्राहक तथा सरोकारवाला निकायहरूसँग सहकार्यको अपेक्षा गरेको छ ।
For more: JJ Lite Jewelry Software

