नेपालमै पहिलोपटक आईटी ओलम्पिएड हुँदै

Olympiad-Nepal

१४ चैत २०७७, काठमाडौं ।

आदिम नेसनल कलेजको आयोजना र कोड फर चेन्जको सह – आयोजनामा नेपालमै पहिलोपटक आइटी ओलम्पिएड हुन लागेको हो, प्रविधिको नविनतामा विशेष ध्यान राख्दै आएको आदिम कलेज र प्रविधिमा युवाको इम्पावरमेन्टको काम गर्दै आएको  कोड फर चेन्जले उक्त कार्यक्रम गर्न लागेका हुन्।

देशै भरि दक्ष जनशक्ति उत्पादन गरि विभिन्न रास्ट्रीय कार्यक्रमहरुको सफल कार्यान्वयन गरिसकेको कोड फर चेन्जले उक्त कार्यक्रमको मुख्य जिम्मेवारी पाई काम शुरु गरिसकेको छ।

पुर्व संचार तथा प्रविधि मंत्री गणेश शाह, आईओई त्रिभुवन विश्वविधालयका प्राध्यापक डा. सुवर्ण शाक्य, नेशनल ईनोभेसन सेन्टरका प्रमुख महावीर पुन र विज्ञान तथा प्रविधि शाखा त्रिभुवन विश्वविधालयका सहायक प्राध्यापक नबराज पौडेलको बोर्ड अफ ट्रस्टि रहेको उक्त कार्यक्रम नेपालका सात ओटै प्रदेशका मुख्य शहरहरुमा हुन लागेको हो।

स्थानिय, प्रदेशीय हुदै रास्ट्रीय स्तरको प्रतिस्पर्धा हुने मोडालिटी रहेको उक्त कार्यक्रममा  विभिन्न शहरहरुका माध्यमिक विधालायाहरुले आफ्ना विधार्थीहरुलाई प्रतिष्पर्धा गराउन सक्ने छन् भने आफ्ना विधार्थीहरुलाई  प्रविधिको उपयोग र विकाशमा समावेस गराई आफ्नो विधालय को नाम चिनाउनुका साथै प्रविधिको नविनातामा अग्रसर गराई देश तथा विदेशमा योगदानको गर्न सक्नेछन।

उक्त कार्यक्रम ७ ओटा प्रदेशमा हुने जस मध्ये ६ ओटा प्रदेश बाट १०-१० विधालायाहरुले उपस्थिति जनाई प्रतिष्पर्धा गर्न सक्नेछन भने ३ नम्बर प्रदेशमा २० ओटा विधालय बीच प्रतिस्पर्धा भई प्रदेश स्तरको प्रतिस्पर्धामा पुग्नेछन, हरेक प्रदेश बाट एक-एक ओटा विधालयलाई प्रतिनिधित्व गर्दै उत्कृस्ट ७ विधालयका विधार्थीहरु रास्ट्रिय स्तरको प्रतिस्पर्धामा पुग्ने र उत्कृस्ट टिमले विभिन्न पुरस्कार तथा राशि पाउनुका साथै रास्ट्रिय परिचय बनाउन समेत सफल हुनेछन।

कुनै पनि शुल्क नतिरी प्रतिष्पर्धामा उपस्थित हुन पाउने उक्त कार्यक्रम प्रविधिको अर्को फड्को भएको बताउने  विज्ञहरु उक्त कार्यक्रम नेपालका विधालायाहरुको  शैक्षिक गुणस्तर मापन गर्ने एउटा आधार समेत बन्ने बताउछन। विधालायाहरुको शैक्षिक गुणस्तर बढाउन हौसला पुग्न सक्ने अनुमान समेत लगाउन थालिएको उक्त कार्यक्रम चैत्र ७ मा शुरु भई बैशाखको २० गते सकिनेछ।

परीक्षाले मापन गरिदै आइएको शिक्षा प्रणालीलाई थप प्रयोगात्मक र उपयोगी बनाउन सहायोग  पुर्याई प्रविधिमा फड्को मार्ने उदेश्यले शुरु गरिएको उक्त कार्यक्रम चैत्र ७ देखि १७ गते  सम्म विभिन्न विधालायाहरुमा संचालन हुनेछ भने विधालय बाट छानिएका उत्क्रिस्ट दुई प्रतिशोपर्धि प्रदेश स्तरको प्रतिस्पर्धामा एउटै टिम भई आफ्नो विधालायाको प्रतिनिधित्व गर्नेछन।

विभिन्न ८० विधालय विच हुने प्रदेश स्तरिय प्रतिष्पर्धा फरक फरक प्रदेशमा हुनेछन र हरेक प्रदेश बाट एउटा टिम तथा एउटा विधालयले रास्ट्रिय स्तरको प्रतिष्पर्धामा भाग लिन पाउनेछन र जितेर सुनौलो अवसर हात पार्न सक्नेछन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here