अनलाइन शिक्षा: अवसर, चुनौती र अबको बाटो

IT Education In Nepal Covid Opportunities Challenges Way Forward
Share It On:

१७ वैशाख, २०७७

आइ.टी. टिचर्स एसोसियसन नेपालको संयोजकत्वमा हालै “Online Education: An alternative Pedagogy  Opportunities and Challenges” बिषयक Webinar सम्पन्न भयो।

कार्यक्रममा विभिन्न विश्वविद्यालयका पदाधिकारी, प्रोफेसर, नेपाल टेलिकमका उच्च-अधिकारीहरु, विभिन्न विश्वविद्यालय तथा क्याम्पसका प्राध्यापकहरु, देश तथा मुलुक बाहिरका रिसर्चरहरु लगायत करिव ६० जना बिज्ञहरुको सहभागिता भएको भएको थियो।

शिक्षा क्षेत्रमा COVID-19 ले पारेको असर, हाम्रो तयारी तथा आगामी दिनमा चाल्नुपर्ने कदम तथा पुर्व तयारी सम्बन्धि विषयमा नेपाल खुला विश्वविद्यालयका उप-कुलपति प्रा.डा.लेखनाथ शर्मा, पुर्व मन्त्रि ई.गणेश शाह, पोखरा विश्वविद्यालयका उप-कुलपति प्रा.डा. इन्द्र प्रसाद तिवारी, सुदुर पश्चिम विश्वविद्यालयका उप-कुलपति प्रा.डा.अम्मराज जोशी, त्रिभुवन विश्वविद्यालयका डेपुटी कन्ट्रोलर डा. घनश्याम ठाकुर, इन्जिनियरिङ संस्थानका प्रा.डा. सुबर्ण शाक्य, काठमाडौँ विश्वविद्यालयका प्रा.डा.मनिष पोख्रेल, पुर्वान्चल विश्वविद्यालयक प्रा.राज कुमार ठाकुर, त्रिभुवन विश्वविद्यालय कम्प्युटर बिज्ञान विभाग प्रमुख उप-प्राध्यापक नबराज पौडेल, नेपाल दुरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल तथा प्राधिकरणकै बरिष्ठ निर्देशक आनन्दराज खनालले आफ्ना धारणा राख्नुभएको थियो।

झन्डै ३ घण्टा सम्म चलेको अन्तरक्रियात्मक कार्यक्रम नेपाल खुला विश्वविद्यालयका MPhil ICT कार्यक्रम संयोजक डा. भोजराज घिमिरेले सहजीकरण गर्नु भएको थियो। बिगत २ बर्ष देखि खुला शिक्षा अन्तर्गत स्नातकदेखि एम.फिल तह सम्मका विभिन्न कार्यक्रमहरु संचालन गर्दै आइरहेको नेपाल खुला विश्वविद्यालय बाहेक अन्य सबै विश्वविद्यालयहरुको पठनपाठन प्रवाभित भएको पाइएको छ। तर सबै विश्वविधालयहरुले वैकल्पिक तथा सहायक व्यवस्थाको रूपमा आंशिक भएपनि विद्यार्थीहरुलाई अनलाइन शिक्षामा आवद्ध गर्दै रहेका वा गर्ने क्रममा रहेको देखिएको छ। अवको शिक्षामा अनलाइन प्रणाली अपरिहार्य हुने कुरामा सबै विज्ञहरुको राय छ।

तथापी, नेपालको ७०% बस्तिमा  इन्टरनेट कन्नेक्शन पुगेको दाबी गरिए पनि शैक्षिक गतिबिधि संचालन हुनसक्ने गरि पहुँच, सर्ब सुलभता, तथा  गुणस्तरीय सेवा (Accessibility, Affordability and Quality of Service) भने कुनै पनि सेवा प्रदायकले दिन नसकेको कुरामा दुई मत छैन। नेपाली विद्यार्थी तथा अभिभावकको आर्थिक क्षमता, शिक्षक तथा विद्यार्थीको इलोक्ट्रोनिक तयारी (e-readiness), विश्वविधालय तथा क्याम्पसका आइ.टि. पूर्वाधार (IT Infrastructure), पाठ्यसामग्री व्यवस्थापन प्रणाली (Content Management System), परम्परागत बिश्वबिद्यालयमा अनलाइन पद्दति मा गरिने पठनपाठन एवम् मुल्यांकन सम्बन्धि नीतिगत अन्यौल आदि थप चुनौतिका कारक हुन्। विद्यालयस्तरमा पनि  शहर केन्द्रित केहि निजि विद्यालयमा आंशिक कक्षाहरु आनलाइनमा संचालन भएको पाइए पनि सम्पूर्ण शैक्षिक गतिविधि पुरा शैक्षिक बर्ष नियमित संचालन गर्न सम्भव छैन।

Free and Open Source Software (FOSS) अन्तर्गत रहेका प्रशस्त Content Management System तथा Learning Management System हरु, रास्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा संचालित सुलभ मुल्यमा प्राप्त गर्न सकिने क्लाउड सर्भिस, यस्ता सेवामा सहजीकरण गरिदिन सक्ने सयौ आइ.टी. सम्बन्धि शिक्षक तथा प्रोफेसनलहरु, दूइ वर्ष देखि खुला शिक्षाको प्रत्यक्ष  र सफल अनुभव बोकेको नेपाल खुला विश्वविधालय, बर्षेनी विस्तारित हुदै गैरहेको टेलिकम्युनिकेशन, पूर्वाधार तथा संजाल, सस्तिदै गएको इन्टरनेटको मूल्य, मोबाइल लिट्रेसी, राष्ट्रिय तथा अन्तरराष्ट्रिय शैक्षिक संस्थामा भैरहेका प्रयोग आजका अवसर हुन् जसलाई उपयोग गरेर शिक्षामा एउटा नयाँ युगको शुरुवात गर्न सकिन्छ।

यतिखेर आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम बनाउने तयारी गरिरहेको अवस्थामा ठोस सहयोग तथा मार्गदर्शन गर्ने गरी कार्यक्रमको खाका ल्याउने कुरामा सरकारको ध्यान जाओस। उदाहरणको लागि देशमा अनलाइन तथा वैकल्पिक शिक्षा सम्बन्धि नीति, कार्यक्रम, तथा कार्यविधि निर्माण, डिजिटल लर्निंग सम्बन्धि अध्ययन अनुसन्धान, CMS/LMS को मापदण्ड तयार गर्ने, शिक्षक तथा प्रशासकलाइ तालिम, अनुगमन, मुल्यांकन तथा सुझाव दिने गरि National Academy of Science and Technology (NAST) अन्तर्गत वा शिक्षा मन्त्रालय अन्तर्गत स्थायी संरचना सहितको उच्चस्तरीय समिति वा डिजिटल थिंक ट्यांक  निर्माण गर्न सकिन्छ।

वर्षौं देखि ठोष कार्यमा खर्च नभएको ग्रामिण दुरसंचार कोष (Rural Telecom Development Fund) मा रहेको अरबौं रकम मध्ये केहि रकमलाई विद्यार्थी, शिक्षक, तथा शैक्षिक संस्थालाई कम शुल्कमा इन्टरनेट सेवा दिन सकिन्छ। राष्ट्रिय डिजिटल लाइब्रेरीको निर्माण गरी डिजिटल कन्टेन्ट सहज बनाउनुका साथै Centralized Examination, Assessment, Plagiarism Check जस्ता कार्यमा केन्द्रीय प्रणाली तथा सेवा प्रदायकको भूमिका हुने गरि व्यवस्था गर्न सकिन्छ। उक्त कार्यक्रममा नेपाल बैंकका सूचना प्रबिधि उप-प्रबन्धक तथा अमृत साईन्स क्याम्पसका भिजिटिंग लेक्चर नरेन्द्र बोहराले स्वागत तथा सुर्य बस्नेतले धन्यवाद ज्ञापन गरेका थिए।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *