फेब्रुअरी १२ गते भइरहेको हल्ट प्राइज आ.इ.ओ.इको भव्य फाइनलमा, जोइ मोरिसनको उपस्थिति हुने

Hult Prize at IOE Grand Finale

२८ माघ २०७८, काठमाडौं ।

युवा उद्यमीहरू, उनीहरूका विध्यमान विचार र कार्यनवयनको सुरुवात सगैँ क्याम्पस अन्तर्गत  हामी  हल्ट प्राइज आ.इ.ओ.इको अन्त्यको नजिक छौं।

हल्ट प्राइजको फाइनल कार्यक्रम बज्र टेक्नोलोजिज , नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, कृषि विकास बैंक लिमिटेड, इम्प्याक्ट हब नेपाल,भर्टेक्स नेपाल र दराजसँग फेब्रुअरी १२,  यहि शनिबार हुनेछ।

११४  मध्य कुल १८ टोलीहरू फाइनलमा पुगेका छन् जसले आफ्ना परियोजना निर्णायक प्यानलको अगाडि पिच गर्नेछन्। १८ फाइनलिस्टले  एक-एक  राष्ट्रिय र अन्तराष्ट्रिय मेन्टर पनि पाए जहाँ उनिहरुलाइ राष्ट्रिय  र अन्तराष्ट्रिय अनुभव र विचारहरूबाट मार्गदर्शन बटुल्ने अवसरहरुपनि आए।

अन्तिममा तीन शीर्ष फाइनलिस्ट र एक विजेता टोलि हुनेछ। कार्यक्रममा जोइ मोरिसन,दिलभूषण पाठक, अनिल केशरी शाह, आकाश खड्का, समीर श्रेष्ठ, संजोग कोइराला, सनुप पौडेल, ऋचा शर्मा र ओसिस थापाको व्यापक उपस्थिति रहनेछ भने अनुकार महर्जन, डेगेन्द्र शिवाकोटी, नवरूप सहदेव, आंचल कुँवर, सोनिका मानन्धर,आरती गुरुङ मल्ल र डा. सूर्यराज आचार्य निर्णायक रहनेछन ।

 क्याम्पस अन्तर्गत  कार्यक्रमका विजेताहरूले १८,000 को पुरस्कार कोष पाउनेछन् र १ पासवर्डबाट एक वर्षको निःशुल्क खाता प्राप्त गर्नेछन्।

फेब्रुअरी १५ मा, दराजले समग्र क्याम्पस अन्तर्गत शीर्ष विजेता टोलीको लागि अन-साइट सत्रको आयोजना गर्नेछ। समग्रमा क्याम्पस अन्तर्गत सबै विजेता टोलीका प्रत्येक सदस्यले रु ५०० दराज भाउचर प्राप्त गर्छन्। अन्य पुरस्कारहरू क्लर्की, डिजिटल ओशन, र टास्केडबाटपनि उपलब्ध रहनेछन्।

चार उद्यमशील वक्ता श्रृंखला, दुई वर्कशप, दुई मेन्टरशिप सत्र, र सेमिफाइनल पछि क्याम्पस आ.इ.ओ.इ हल्ट प्राइज कार्यक्रम भव्य फाइनलमा पुग्न लागेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here