ह्वावे र वेबसर्फर बिच  डिजिटल रूपान्तरणमा साझेदारी

Huawei Partnership
Share It On:

२२ कात्तिक २०७९, काठमाडौं।

वेबसर्फर, ग्राहक संख्याको आधारमा नेपालको शीर्ष १० ISPs मध्ये एक र ह्वावे, एक अग्रणी विश्वव्यापी ICT पूर्वाधार प्रदायक, बिच सो ISP को डिजिटल रूपान्तरणको लागि पार्टनरसीप सम्झौता भएको छ ।

यस औपचारिक सम्झौतासँगै अब दुवै कम्पनीले ह्वावेको प्राविधिक नेतृत्वलाई नेपाली इन्टरनेट प्रयोगकर्ताको पहुँचमा ल्याउन हात मिलाएका छन् । यसै वर्षदेखि वेबसर्फरलाई एण्ड-टु-एण्ड नेटवर्क सोलुसनहरू र अप्टिकल, इन्टेलिजेन्ट प्रविधिहरू प्रदान गर्ने जिम्मेवारी ह्वावेले बहन गर्नेछ ।

यो पार्टनरसीपले ताजा सोलुसनव्दारा प्रयोगकर्ताहरूको नेटवर्क गुणस्तरमा उल्लेखनीय सुधार ल्याउने कुरामा दुबै कम्पनीहरू सहमत छन् – यो ह्वावेको इन्टरनेट सेवा प्रदायकमा निरन्तर R&D लगानीको परिणाम हो र फलस्वरुप यसको
छिटो बढ्दो प्रयोगकर्ता आधार छ । ह्वावेले सो ISP लाई यसको नेटवर्क पूर्वाधार र आर्किटेक्चरको विकासमा सहयोग गर्नेछ ।

ह्वावेले वेबसर्फरलाई निरन्तर प्राविधिक सहयोग र विशेषज्ञ सहायता पनि प्रदान गर्नेछ । थप, ह्वावेले वेबसर्फरका कर्मचारीहरूलाई आफ्नै क्षमता अभिवृद्धिका लागि प्रशिक्षण कार्यक्रमहरू सञ्चालन गर्नेछ ।

“यो एक दीर्घकालीन र रणनीतिक साझेदारी हो जसले हाम्रा दुई कम्पनीका लागि विन-विन लाभहरू सिर्जना गर्नेछ,” ह्वावे नेपालका प्रमुख कार्यकारी अधिकृत विलियम चाङले भन्नुभयो । “हामी वेबसर्फरको लागि एक फ्युचर-प्रुफ नेटवर्क सिर्जना गर्दैछौं र ह्वावेको पछिल्लो कन्सुमर-एण्ड उपकरणहरू नेपालमा ल्याइरहेका छौं ताकि ग्राहकहरूले वेबसर्फरको इन्टरनेट प्रयोग गरी सहज अनुभव लिन सकून्,” उहाँले थप्नुभयो ।

वेबसर्फरका प्रबन्ध निर्देशक सुरेन क्षेत्री यो नयाँ साझेदारीबाट उत्साहित हुनुहुन्छ । “बढ्दो प्रविधि र हाम्रा प्रयोगकर्ताहरूको आवश्यकताहरू बुझ्ने पार्टनरको खोजीमा, ह्वावे नै उच्च गतिको फाइबर इन्टरनेट र सुरक्षित नेटवर्क सोलुसनको लागि सोलुसन उपलब्ध गराउने प्रतिस्पर्धी बिनाको प्रविधिको लिडर रहेको छ ।

हामी ह्वावेका इन्टेलिजेन्ट उत्पादन र सोलुसन नेपालमा ल्याउन पाउँदा उत्साहित छौं,” उहाँले भन्नुभयो । “यस पार्टनरसीपको फलस्वरूप, वेबसर्फरका ग्राहकहरूले छिट्टै ह्वावे इन्टरनेट उत्पादन, उच्च गतिको फाइबर इन्टरनेट, थप भरपर्दो र स्थिर नेटवर्क, सिमलेस वाइफाइ रोमिङ सुविधाहरू र समग्रमा कुनै पनि अवरोध वा डाउनटाइम बिना सहज प्रयोगकर्ता अनुभवको फाइदा लिन सक्नेछन् । ह्वावेले हामीलाई बढ्दो प्रविधिहरूसंगै अगाडि राख्ने र हाम्रा ग्राहकहरूलाई लेटेस्ट प्राविधिक अनुभवहरू उपलब्ध गराउनेछ भन्ने हाम्रो दृढ विश्वास छ ।“

 वेबसर्फरको बारेमा:

वेबसर्फर नेपालमा एक इन्टरनेट र डिजिटल सेवा प्रदायक हो जसले सन् १९९९ मा स्थापना भएदेखि सेवा दिइरहेको छ । उनीहरूले कर्पोरेट र व्यक्तिगत उपभोक्ताहरूलाई फाइबर इन्टरनेट, डिजिटल TV र IPTV उपलब्ध गराउँदै आएका छन्।

वेबसर्फर एक गतिशील प्रविधि कम्पनी सेटअप हो जसले उनीहरूको मूल्यवान व्यवसायिक ग्राहक साथै घरेलु प्रयोगकर्ताहरूलाई इन्टरनेट सोलुसन प्रदान गरेर इन्टरनेटको शक्तिलाई उपयोग गर्दछ । उनीहरुले बजारको आवश्यकता पूरा गर्न प्राविधिक क्रान्ति अपनाएका छन् । प्रविधिमा मार्केट लिडरको रूपमा उनीहरू सधैं बजारमा द्रुत परिवर्तन र क्रान्तिहरूलाई अगाडि राख्दै आएका छन् । आफ्नो स्थापना भएदेखि नै हामीले प्यारो क्लाईन्टलाई अझ राम्रो गुणस्तर सेवा र किफायती सेवाहरू प्रदान गर्न सक्षम बनाउन पूर्वाधारमा सुधार गर्दै आएका छन् ।

ह्वावे नेपालको बारेमा:

ह्वावे नेपालले नेपालको ICT उद्योगमा २२ वर्षदेखि सेवा दिँदै आएको छ । सन् १९९९ देखि ह्वावेले नेपालमा 2/3/4G प्रविधि र सोलुसन ल्याएको छ, दूरसञ्चार सञ्चालकहरूलाई दूरसञ्चार सेवाको गुणस्तरमा सुधार गर्दै, “डिजिटल नेपाल” को भौतिक आधार निर्माण गर्दै दुर्गम क्षेत्रमा समेत सञ्चार सञ्जाल तुरुन्तै विस्तार गर्न मद्दत गरेको छ ।

ह्वावेको सोलुसनबाट नेपालको २८ मिलियनभन्दा बढी जनसंख्या लाभान्वित भइरहेका छन् । विगत २२ वर्षदेखि ह्वावे नेपालले स्थानीय नियम र कानूनको पालना गर्न प्रतिबद्ध रहेको छ। ह्वावे नेपालको एक जिम्मेवार कर्पोरेट नागरिक हो । स्थानीय योगदानमा ह्वावेले नेपालमा विगत २२ वर्षदेखि प्रत्यक्ष र अप्रत्यक्ष रूपमा १०,००० रोजगारी सिर्जना गरेको छ ।

२०१५ मा ह्वावेले नेपाल सरकार र दूरसञ्चार अपरेटरहरूलाई भूकम्पपछिको नेटवर्क तुरुन्तै रिकभर गर्न मद्दत पुर्‍याएको थियो, दूरसञ्चार सेवालाई सहज बनाएर विपद् उद्धारमा ठूलो योगदान पुर्‍याएको थियो ।

ह्वावेले दूरसंचार अपरेटरहरूलाई सगरमाथा आधार शिविरमा वायरलेस बेस स्टेशन साइट निर्माण गर्न पनि मद्दत गरेको छ जसले सञ्चार सेवा को ब्लाइन्ड स्पटलाई बाहिरी संसारसँग पूर्ण रूपमा कनेक्ट गर्न मद्दत गर्दछ । भविष्यमा ह्वावेले अझ राम्रो डिजिटल नेपाल निर्माण गर्न 5G, क्लाउड र AI जस्ता थप प्रविधिहरू नेपालमा ल्याउन प्रतिबद्ध छ ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent Posts