How To Add, Buy And Read A Book From Google Play Books

काठमाडौं । 

बीबीसीका अनुसार अब विश्वका कुनैपनि किताब गुगलमा पढ्न पाइने भएको छ । समाचारमा बताइए अनुसार गुगल बुक्समा कुनै पनि किताव प्रकाशित समेत गर्न सकिने छ । गुगलले करिब दस वर्ष लामो कानुनी लडाईं लडेर केही हप्ता अघि मात्रै यो अनुमति प्राप्त गरेको हो । अब विश्वका जुनसुकै लेखकका किताव गुगलमा पढ्न र गुगलबाटै खरिद गर्न पाउने भएको छ । बीबीसीका अनुसार गुगलले लाइब्रेरी प्रोजेक्टका लागि कितावहरु स्क्यान गरिरहेको छ । केही दिन पछि नै यो सुविधा उपलब्ध हुने जनाएको छ ।

अदालतको फैसला अनुसार कुनैपनि किताब अब गुगलमा राख्न सकिने भएको छ । तर यसका लागि लेखक सँग प्रतिलिपी अधिकार भने सुरक्षित हुनेछ ।गूगलले विभिन्न अलग अलग किताबहरु इन्टरनेटमा देखाउने छ । तपाईलाई मन परेको किताब गुगलबाट तपाईले खरिद गर्न सक्नुहुनेछ ।दस वर्ष पहिले लेखकहरुको एउटा समूहले गुगलले गर्न लागेको सो कार्यलाई रोक्ने कोशिस गरेका थिए । लेखकहरुले प्रतिलिपी अधिकारको विषयमा कुरा उठाई सो कार्य गर्नबाट गुगललाई रोकेको थियो । वर्षौपछि अदालतले गुगलको पक्षमा फैसला गरेको छ ।

यो फैसलापछि अब मानिसहरुले त्यस्ता किताबहरु पढ्न पाउनेछन् जो आजसम्म आम मानिसको पहूँच भन्दा पर रहेको थियो ।आम मानिसले समेत आफ्नो किताब गुगल बुक्समा समावेश गर्न सकिने बताएको छ । त्यसका लागि लेखकले आफ्नो किताबको पीडीएफ फाइल बनाएर गुगललाई पठाउन सकिने समाचारमा बताइएको छ । साथै गुगलले लेखकहरुका साथ साथै उक्त किताब पढ्ने मानिसहरुको समेत जानकारी सुरक्षित राख्ने बताएको छ ।

एजेन्सी