Charge Phone During Load Shedding Period

Share It On:

काठमाडौं । 

तपाईको स्मार्टफोन अब बिजुली नभएको बेलामा पनि बन्द भएको ल्यापटप वा कम्प्युटरबाट चार्ज गर्न सकिने प्रविधिको विकास भएको छ । लोडसेडिङका कारण तपाईले मोबाइल चार्ज गर्न पाउनु भएको छैन भने चिन्ता नगर्नुहोस् ।

विन्डोज सेभेन वा त्यसपछिको अपरेटिङ सिस्टम भएको कम्प्युटरको माइ कम्प्युटरमा क्लिक गरेर प्रोपटिजमा गइ डिभाइस म्यानेजरमा क्लिक गर्नु पर्छ । त्यसपछि युनिभर्सल सीरियल बस कन्ट्रोलमा क्लिक गरेपछि युएसबी रुट हब देखिन्छ ।युएसबी रुट हबको प्रोपटिजमा क्लिक गरेपछि पावर म्यानेजमेन्ट ट्याबमा अलाउ कम्प्युटर टु टर्न अफ दि डिवाइस टु सेव पावरको बक्समा रहेको टिक मार्क हटाउनु पर्छ ।

यति गरेपछि ल्यापटप बन्द भएका बेला पनि स्मार्टफोन चार्ज गर्न मिल्छ । किनकी यो सबै प्रक्रिया पूरा गरेपछि ल्यापटप बन्द भएका बेलामा पनि त्यसको ब्याट्री भने प्रयोगमा आउँछ ।यसरी विद्युत नभएको तथा ल्यापटप वा कम्प्युटर बन्द भएको बेलामा पनि मोबाइल चार्ज गर्न मिल्छ । तर यसरी मोबाइल चार्ज गर्दा ल्यापटपको ब्याट्री कम प्रयोग गर्नेतर्फ भने ध्यान दिनुपर्छ । एजेन्सी


Share It On: