अस्पताल, मेडिकल र सरकारी तथा नीजि कार्यालयका लागि भरपर्दो सफ्टवेयर मेडिफ्लो बजारमा

काठमाडौं सोमबार, वैशाख २, २०७६

नेपालको स्वास्थ्य क्षेत्रलाई मध्यी नजर गर्दै मेडिफ्लो सोलुशन प्रा.लि.ले नयाँ सफ्टवेयर बजारमा ल्याएको छ। खासगरी विद्युतीय रुपमा सरल, सहज र भरपर्दो रुपमा काम गर्ने उद्देश्यका साथ मेडिफ्लो सोलुशन बजार आएको हो। यो सफ्टवेयरले नेपालका अस्पताल, मेडिकल फ्रोफेशनल, संघसंस्था, सरकारी कार्यालयका साथै नीजि कम्पनीलाई समेत उपयुक्त हुने कम्पनीले दाबी गरेको छ।

सफ्टवेयरमा दक्ष राख्ने प्राविधिकहरुद्वारा निर्मित यो सफ्टवेयरले समयको माग अनुसार यसलाई विकास गरेका छन्। अस्पताललाई चाहिने सबै सूचनाहरु यस भित्र व्यवस्थित तरिकाले राखिएको छ। यसका साथै उक्त सफ्टवेयरले हस्पटिलमा देखा पर्ने व्यावस्थापनका सबै कामहरु एकै पटकमा गरिदिन्छ। जस्तै मेडिकल रेकर्ड, शारीरिक रुपले अर्को विभागसँग बोल्नुो पर्ने झन्झट, डाटा संकलन र विश्लेषण गर्ने गर्दछ। यसले विरामीको स्वास्थ्य अवस्थाको विवरणलाई सजिलै नतिजा सम्म पुर्याइदिने काम गर्दछ भने ल्याब्रोटरी र डाग्नोस्टिक प्याारामिटरहरु देखाइ दिने गर्दछ। यसका साथै कुन औषधि विरामीले खानु पर्ने, विरामीको उपचारका लागि अर्को अस्पतालमा गरिने सिफारिस समेत यही सफ्टवेयरले गर्न सकिन्छ। वेबसाइटमा आधारित एप्लिसकेशन भएको हुनाले यो सफ्टवेयर अस्पतालमा व्यावस्थापनको सबै कामहरु गर्न, एकीकृत लेखा व्यपवस्थापन, विद्युतीय मेडिकल रेकर्ड, फाइल हेर्न र कहाँ पुग्यो भनेर जानकारी गराउने, सबै फाइलहरुलाई एकै ठाउँमा राख्नक सकिन्छ। यति मात्रै नभएर यसले विरामीको पुरानो नाता सम्बन्ध कायम गर्नुका साथै उसको पहिलाको रिपोर्ट समेत सुरक्षित तरिकाले राखिदिने काम गर्दछ।

यदि विरामीलाई आफ्नो रिपोर्ट हेर्नु पर्यो भने मोबाइल एप्सबाट समेत थाहा पाउन सकिन्छ। यसमा अनलाइनमै गएर पैसा र्तिन सकिने सुविधा समेत उपलब्ध गराएको छ। यस्तै हस्पिटल लगायतका संस्था वा कार्यालयहरुले आफू अनुकुल चलाउन सक्ने भएकाले विरामी र अस्पतालको बीचमा सहज तालमेल मिलाएर आरामदायी सेवा प्रदान गर्ने गर्दछ। कम्पनीको बारेमा विस्तृत थाहा पाउन को लागि क्लिक गर्नुहोस । Mediflow Solution भिडियो को यो लागि क्लिक गर्ननुहोस। https://www.youtube.com/watch?v=kDQZmfjNv3M

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here