हिताचीकाे नयाँ उत्पादन उपलब्ध गराउने घोषणा

hitachi nepal

१५ साउन २०७९, काठमाडौं ।

हिताचीले नेपाली बजारमा नयाँ उत्पादन उपलब्ध गराउने घोषणा गरेको छ । कम्पनीका अधिकृत डिलर र युनिभर्सल इलेक्ट्रोकमका प्रतिनिधिहरुलगायतको उपस्थितिमा मिट एण्ड ग्रिट कार्यक्रम आयोजना गरेर यस्तो घोषणा गरेको हो ।

रमेश कर्प संस्थाको शाखा – युनिभर्सल इलेक्ट्रोकम प्रा. लि.– नेपालमा हिताची होम अप्लाइन्सेसको आधिकारिक वितरक हो।

उक्त कार्यक्रममा ए.एच.एस.जीका प्रबन्धक निर्देशक चेन टेक बेङ, व्यापार विकास विभाग (निर्यात व्यापार) का महाप्रबन्धक श्री तरुण जैन र व्यापार विकास विभाग (निर्यात व्यवसाय) का वरिष्ठ प्रबन्धक श्री एलविन थाम उपस्थित थिए।
कार्यक्रममा हिताचीले चाँडै नै बजारमा उपलब्ध हुने चार वटा विभिन्न उत्पादनको घोषणा गरेको थियो ।

उत्पादनहरूमा हिताची माइक्रोवेभ ओभनका ४ मोडल, हिताची फ्रन्ट लोड अटोमेटिक १२ केजी वासिङ मेसिन, हिताची फ्रेन्च बटम रेफ्रिजरेटर र हिताची कर्डलेस स्टिक भ्याक्युम क्लिनर समावेश छन् ।

कार्यक्रममा सहभागीहरूलाई उत्पादन को लक्ष्य, प्रयोगकर्ताको अनुभव र सुविधाहरूको दायरा बुझ्न मद्दत हुन्छ भनेर हिताचीका विभिन्न उत्पादनहरू जस्तै रेफ्रिजरेटर, वासिङ मेसिन र भ्याक्युम क्लिनरहरू पनि प्रदर्शनमा राखिएको थियो । हिताचीले नेपाली प्रयोगकर्ताहरूलाई विश्वव्यापी पाइने उत्कृष्ट उत्पादनहरू उपलब्ध गराउन नेपालमा आफ्नो सञ्चालनलाई थप मजबुत बनाउने योजना रहेको बताएको छ ।

ग्राहकको सन्तुष्टि आफ्नो उच्च प्राथमिकतामा रहेको जनाउँदै हिताचीले आफ्ना ग्राहकहरूलाई अझ राम्रो बिक्री सेवा र बिक्रीपछिको हेरचाह दिने प्रतिज्ञा गरेको छ। हरेक नेपाली घरपरिवार माझ नया अविस्कारी प्रविधिहरू नजिक ल्याउने उद्देश्यका साथ हिताचीले विविधता र गुणस्तरयता सुनिश्चित गर्दै आगामी दिनहरूमा लागिपर्ने पनि बताएको छ ।

रमेश कर्पका कार्यकारी निर्देशक सञ्जय अग्रवाल भन्छन्, “हामी नेपालका हाम्रा सबै ग्राहकका लागि गुणस्तरीय उत्पादन लाइन अप र बिक्रीपछिको सेवा सुनिश्चित गर्न कडाइका साथ काम गर्नेछौँ।”

हिताचीले उसको सम्पूर्ण उत्पादनहरूमा विशिष्ट गुणस्तर कायम राख्ने गर्दछ। त्यसका कारण उसका सबै उपकरणहरूको बजारमा ठुलो अपिल रहेको छ ।

ग्राहकको बजेट वा आवश्यकता जस्तोसुकै भए पनि, हिताचीसँग उनीहरूका लागि कुनै न कुनै उपकरण पक्कै छ। नयाँ रिलिजहरू, र अहिलेका विद्यमान उपकरणहरूको साथ, हिताचीले अत्याधुनिक प्रविधि, नवप्रवर्तन, र ग्राहक सेवाद्वारा नेपालको घरेलु उपकरणको बजारमा थप विस्तार गर्ने आफ्नो महत्त्वाकाङ्क्षालाई झन् बलियो बनाएको छ।

“रमेश कर्पसँगको हाम्रो व्यापार साझेदारीले हिताची होम अप्लाइन्सलाई नेपालका कुना कुनामा विस्तार गर्दै, उत्कृष्ट सुविधा र प्रविधिका साथमा प्रत्येक घरलाई समृद्ध बनाउनेछ भनेर हामी दृढ विश्वास गर्छौँ।”, भन्छन् हिताचीका प्रबन्धक निर्देशक श्री चेन टेक बेङ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here