६ स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्तिका लागि आवेदन खुला
४ जेठ, काठमाडौं।
सरकारले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गतका ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा रिक्त रहेको उपकुलपति पदपूर्तिका लागि आवेदन खुला गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपकुलपति पदका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले सोमबार एक सूचना प्रकाशित गर्दै योग्य उम्मेदवारहरूबाट दरखास्त आह्वान गरेको हो।
अहिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा छन् ।
उपकुलपति पदका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुको उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी कार्यविधि, २०८३ बमोजिम दरखास्त माग गरेको हो ।
इच्छुक तथा आवश्यक योग्यता पुगेका व्यक्तिहरूले मन्त्रालयको आधिकारिक वेबसाइटमा रहेको अनलाइन प्रणालीमार्फत सूचना प्रकाशित भएको १० दिनभित्र आवेदन दिन सक्ने सूचनामा जनाएको छ।
For More:-Health sciences vice chancellor



