काठमाडौँ विश्वविद्यालयमा हेल्थ इन्फोरम्याटिक्स अध्यापन सुरु

Health Informatics Program

१९ कात्तिक २०७९ काठमाडौं।

काठमाडौं विश्वविद्यालयले आगामी शैक्षिक सत्रदेखि स्नातकोत्तर तहमा “हेल्थ इन्फोरम्याटिक्स” विषयमा अध्यापन सुरु गर्ने भएको छ । हेल्थ इन्फोरम्याटिक्स स्वास्थ्य विज्ञान तथा सूचना प्रविधिको समिश्रण हो ।

यस विषयको प्रमुख उद्देश्य स्वास्थ्य क्षेत्रसंग सम्बन्धि तथ्याङ्क प्रशोधन गर्ने, स्वास्थ्य प्रणालीहरुको विकास गर्ने तथा स्वास्थ्य क्षेत्रमा नविन खोज एवं अन्वेषण गर्ने रहेको छ । नेपालमा मात्र नभएर विश्वभर यस किसिमका जनशक्तिको प्रचुर आवश्यकता रहेकोले काठमाडौं विश्वविद्यालय हेल्थ इन्फोरम्याटिक्स विषयमा स्नातकोत्तर शैक्षिक कार्यक्रम सञ्चालन गर्न अग्रणी भूमिकामा देखिएको हो।

यस स्नातकोत्तर कार्यक्रममा शोधकार्य सहित कूल ४८ क्रेडिट कोर्ष अध्यापन हुनेछ । यो विषयको अवधि २ वर्ष रहने छ । यस शैक्षिक कार्यक्रममा हाललाई एक पटकमा १० जना विद्यार्थी भर्ना गरिनेछ ।

यस स्नातकोत्तर शैक्षिक कार्यक्रम स्थापना तथा सञ्चालनका लागि काठमाडौं विश्वविद्यालयले यूरोपियन यूनियनको Erasmus+ कार्यक्रम अन्तरगत Nepalese Education in E-Health Master (NEEM) परियोजना मार्फत ओस्लो युनिभर्सिटी, नर्वेसंग सहकार्य गर्ने तय भएको छ ।

सोहि परियोजना अन्तर्गत युनिभर्सिटी इन्टिच्युट अफ लिसवन, पोर्चुगल  ISCTE को पनि यस कार्यक्रममा सहयोग रहने छ।

साथै यस शैक्षिक कार्यक्रममा AeHIN (Asia eHealth  Information Network) र  Health Information Society of Sri Lanka (HISSL) को पनि सहयोग रहेको छ ।

यस विषय अध्यापनका लागि काठमाडौं विश्वविद्यालय डिपार्टमेन्ट अफ कम्प्युटर साइन्स एण्ड इन्जिनियरिङस्कूल अफ मेडिकल साइन्सका प्राध्यापक लगायत विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रका विषय विज्ञहरु संलग्न रहने छन् ।

यो कार्यक्रम चौकोट स्थित काठमाडौं विश्वविद्यालयको “लङ्ग्स सेन्टर”मा  सञ्चालन गरिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here