मंगलबार, वैशाख १६, २०७७
आइसिटी युथ डेभलभमेन्ट प्रोग्रामको ग्लोबल सल्लाहकारको मिटिङमा नेपालका दिबस खनियाले सहभागिता जनाएका छन। वेबिनार (WEBINAR) मिटिङमा नेपालको तर्फबाट सहभागिता जनाउँदै खनियाले आइसिटी डेभलभमेन्टमा नेपालले गरिरहेको प्रगती र अहिलेको परिस्थितीमा यसको महत्वझन प्रभाबकारी भएको भन्दै आफ्नो धारणा प्रस्तुत गरेका थिए।
उक्त WEBINAR मिटिङमा विप्रोका निर्देशक महेन्द्र कुमार शर्मा, भियमवेरका माइकल ब्राउन, मिनामार्खम लगायतका आइसिटी बिज्ञहरुले सहभागिता जनाएका थिए। साथै रिकोडकि कारास्विशेरले समेत सुरुवातमा आफ्नो धारणा प्रस्तुत गरेकी थिइन।
आइसिटी युथ डेभलभमेन्ट प्रोग्रामले बिश्वभरका युवालाई आइसिटीको डेभलभमेन्ट लागी आवस्यक सहजिकरण र सहयोग प्रदान गर्दै आएको छ।
यधपी यसको आधिकारिक कार्यलय केहि बर्ष अगाडीसम्म नेपालमा समेत रहेकोमा सरकारी वेवास्ता र आवस्यक उपलब्धी हाँसिल गर्न नसकिएको भन्दै नेपालबाट यसको शाखा हटाउने निर्णय गरिएको थियो।
दिबस खनियाले आफ्नो सोसियल मिडियामार्फत समेत आजको मिटिङमा सहभागिता जनाएको भन्दै जानकारी गराएका छन।