एसपी नेट कम्युनिटीले ‘ग्लोबल अजुर बुटक्याम २०१८’ आयोजना गर्दै

Bootcamp 2018 at AspNet Community

एसपी नेट कम्युनिटीले नियो स्पेयरको हलमा ‘ग्लोबल अजुर बुटक्याम २०१८’ आयोजना गर्ने भएको छ । आईटि विधार्थीहरु, आइटी प्रोफेसनल तथा प्रोग्रामहरुका लागि उक्त इभेन्ट आयोजना हुन लागेको हो । ‘ग्लोबल अजुर बुटक्याम  २०१८’ मा पाँचौ बर्षको लागि रजिस्ट्रेशन खुला गरिएको छ ।

विश्वभरका आइटि प्रोफेसनलहरुले अजुर तथा क्लाउड कम्प्युटिंग सिक्न चाहन्छन । यसैक्रममा एसपी नेट कम्युनिटी नेपालले यो  अजुर बुटक्याम इभेन्ट एप्रिल २१,२०१८ मा आयोजना गर्न लागेको हो ।

आईटि विधार्थीहरु, प्रोफेसनल तथा आइटी संस्थालाई मध्यनजर गर्दै यो इभेन्ट पुरै दिन अजुर सम्बन्धि टेक्नीकल सेसन राखिएको छ । यो इभेन्ट माइक्रोसफ्ट अजुर ट्रेनिंग किटमा आधारित सेसन र ल्याब सहित मिक्स हुनेछ ।

यो इभेन्टले माईक्रोसफ्ट कम्यूनिटी र अरु कम्यूनिटीका प्रोफेसनलहरुलाई फाइदा पुर्याउँछ । उक्त सेसनमा हुने विषयहरु Microservices with Azure Function and Cosmos DB, Scaling globally with Cosmos DB, Event Driven system with Azure Event Grid, Simplifying deployment and operations with Azure Container Service रहने छन् ।

एप्रिल २१,२०१८ मा हुने Global Azure  Bootcamp 2018 इभेन्ट काठमान्डौको नियो स्पेयरमा सम्पन्न हुनेछ भने क्याममा सहभागि हुनको लागि यो लिंक मा  Register yourself at https://bit.ly/gabc2018

Event Details: 

Date: April 21th 2018, Saturday
Time : 10 AM – 4 PM
Registration Charge : Rs 400 / Venue : Neosphere, 6th Floor, Indra City Square, New Baneshwor, Kathmandu

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here