सही व्यक्ति सही ठाउँमा नभए विकास सम्भव छैन : मन्त्री घिसिङ
२३ मंसिर, काठमाडौं ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकासमन्त्री कुलमान घिसिङले रुग्ण ठेक्का व्यवस्थापनका कारण विकास निर्माण प्रभावित भएको बताएका छन् ।
नेपाल पूर्वाधार पत्रकार समाजले मंगलबार ललितपुरमा आयोजना गरेको रुग्ण ठेक्का व्यवस्थापन सम्बन्धी सरोकारवाला सँगको संवाद कार्यक्रममा बोल्दै मन्त्री घिसिङले देशको विकास रोकिनुको प्रमुख कारण समयमै काम नगर्ने ठेकेदार र कमजोर ठेक्का प्रणाली रहेको बताए ।
मन्त्री घिसिङले भने, ‘ठेक्काअनुसार काम नहुँदा विकास निर्माणमा समस्या परेको छ । ठेकेदारले बेलामा काम नगरिदिँदा देश र जनतालाई नै घाटा पुगेको छ । कुनै व्यक्तिप्रति प्रतिसोध राखेर काम नगर्ने सरकारी मनोवृत्ति भए पनि परिणाम नआए कडा कदम चाल्नुपर्ने परिस्थिती छ ।’
उनले नेपालको कानुनले कुनैपनि काम ठेक्का प्रक्रिया बिना गर्न नदिने व्यवस्था गरेपनि ठेक्का व्यवस्थापनमा देखिएको कमजोरीका कारण रोजगारी, अर्थतन्त्र र सम्पूर्ण विकास गतिविधि प्रभावित भएको बताए ।
‘प्रतिसोध साँधेर देश विकास हुँदैन । हामीले रिजल्ट हेर्ने हो । रिजल्ट ल्याउन सकिँदैन भने प्रोजेक्ट म्यानेजरदेखि सम्बन्धित निकायका प्रमुखसम्म कारवाही हुनैपर्छ । सहि व्यक्ति सहि ठाउँमा नहुँदा समस्या झनै बढ्छ,’ उनले भने ।
घिसिङले सरकारले अब गुणस्तरीय र परिणाममुखी विकासका लागि जिम्मेवार निकाय र पदाधिकारीको जवाफदेहितालाई अझ कडाइका साथ कार्यान्वयन गर्ने पनि स्पष्ट पारे ।
For More:-Right Person Right Position



