जेनेस सोलुसनद्वारा यूकेएडको रोजगारीका लागि सहकार्य

Genese Solution Collaborates with UKaid’s Skills
Genese Solution Collaborates with UKaid’s Skills

आश्विन ५, काठमाडौं ।

क्लाउड कम्प्युटिङ इको सिस्टम र वेब/सफ्टवेयर विकास सम्बन्धि विशिष्टीकृत कम्पनी जेनेस सोलुसनले सन् २०१९ अगष्ट देखि युकेएडको रोजगारीका लागि सीप कार्यक्रमसँग सहकार्य आरम्भ गरेको छ ।

जेनेस सोलुसनका निर्देशक निरञ्जन उदास र युकेएड सीपका टिम लिडर बलजीत बोहराले जनकपुरमा आयोजित बिशेष कार्यक्रममा प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत र डीएफआईडी नेपालकी प्रमुख लिजा होनान (Lisa Honan)को उपस्थितिमा सहकार्य सहमति पत्रमा हस्ताक्षर गर्नुभयो ।

यूकेएड सीपसँग साझेदारीपत्रमा हस्ताक्षर पछि जेनेसले विश्वव्यापी मान्यता प्राप्त क्लाउड कम्प्युटिङ प्रशिक्षण र प्रमाणीकरण सम्मको पहुँच प्रदान गर्ने तथा त्यस लाई अंगीकार गरि नेपालमा शैक्षिक संस्थाहरूको क्षमताअभिवृद्धिका साथ साथै नेपाल र विश्वभरि रोजगारी उपलब्ध गराउने गरि जेनेस क्लाउड एकेडेमी नामको विशेष परियोजना सञ्चालन गर्ने तयारी गरेको छ ।

जेनेसले अब नेपालमा उद्योगमुखी क्लाउड कम्प्युटिङ प्रशिक्षणहरू प्रदान गर्न र अमेजनको जब पोर्टलमार्फत विश्वव्यापी रोजगारीमा पहुँचका लागि लोक प्रिय अमेजन वेब सर्भिस (एडब्लूएस) एजुकेट प्रोग्राम सञ्चालन गर्नेछ ।

यूकेएड सीपले संघीय, प्रादेशिक र स्थानीय तहका सम्बन्धित सरकारी निकायहरू, निजी क्षेत्र, दातृ निकायहरू र अन्य सरोकारवालाहरू सँग नजिकको सहकार्य सुनिश्चित गर्दै परियोजनामा सह लगानी गर्नेछ ।

परियोजनाको पहिलो वर्षमा जेनेसले नेपालका विभिन्न सहरहरूका (प्रदेश नं २ र ५ मा केन्द्रीत रहँदै) २५ भन्दा बढी शैक्षिक प्रतिष्ठानहरूसँग रणनीतिक सहकार्य विकसित गर्नेछ, यस अन्तर्गत विद्यार्थी र शिक्षकहरूलाई उदाउँदा क्लाउड कम्प्युटिङका विषयहरूमा पहुँचका उपकरण (एक्सेस टुल्स), पाठ्यकक्रम र प्रमाणीकरणमा मार्ग प्रशस्त गर्नका लागि एडब्लूएस एजुकेट प्रोग्राम, माइक्रोसफ्ट लर्न प्रोग्राम जस्ता अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त तालिमका विधिहरू (मोड्युल)लाई अंगीकार गर्न प्रोत्साहित गरिनेछ ।

यो कार्यक्रमलाई एडब्लूएस एजुकेट, माइक्रोसफ्ट एजुकेसन, गुगल एजुकेसन, अलिबाबा क्लाउड एकेडेमी, सिस्कोनेटवर्किङ एकेडेमी (Cisco Networking Academyर एट्लासियन युनिभर्सिटी (Atlassian University)को सहयोग रहेको छ ।

अनलाइन प्रशिक्षण र व्यक्तिगत अध्यापनको मिश्रित विधि उपयोग गर्दै, प्रशिक्षक प्रशिक्षणका माध्यमबाट शैक्षिक प्रतिष्ठानहरूको दिगो रूपमा क्षमता र स्तरोन्नति गर्दै, जेनेसले यस्ता कार्यका लागि तैयार जनशक्ति निर्माण गर्ने लक्ष्य लिएको छ, जुन विद्यार्थी दीक्षित भएर निस्कँदा उनिहरु उद्योगमा प्रभावकारी रूपमा प्रवेश गर्दै उत्पादकत्व आबश्यक्ता लाई पुरा गर्न सक्षम हुनेछ ।

प्रशिक्षणमा सहभागी विद्यार्थीहरूलाई विश्व बजारमा उपलब्ध स्वतन्त्र र अनलाइन जागिर प्रदान गर्ने ४,००० भन्दा बढी रोजगारदाता सम्मको पहुँच हुने गरि एडब्लूएस एजुकेट्सको जब पोर्टल सँग आवद्ध तुल्याइने छ ।

यूकेएड सीप सँगको सहकार्य र परियोजनाका दृष्टिकोणहरूबारे प्रकास पार्दै जेनेस सोलुसनका संस्थापक एवं ग्लोबल प्रमुख प्राविधिकअधिकृत (ग्लोबल सीटीओ) अञ्जनी फुयाँलले भन्नुभयो– “हामीले पर्याप्त संख्यामा यस्ता विद्यार्थीहरू देख्दै आएका छौं, जो सँग शिक्षाको प्रमाण पत्र त छ तर, उनीहरूमा सूचना प्रविधि वा सूचना प्रविधि जन्य कम्पनीहरूमा ठाउँ पाउने पर्याप्त दक्षता भने छैन । उद्योग र नेपालको शैक्षिक क्षेत्र बीचको ग्यापमा पुलको काम गर्ने मूल अवधारणाले जेनेस क्याउड एकेडेमी आरम्भ गर्ने र यो परियोजना सञ्चालन गर्न लागिएको हो ।”

“जीसीएको अध्यापन विधि आपूर्ति मुखी नभइ माग मुखी रहने छ, जुन निजी क्षेत्रको मागहरू सँग सहकार्य गरेर हासिल गरिनेछ । हामीले कार्यका लागि तयार श्रम शक्ति उत्पादन गर्नका लागि राष्ट्रिय तथाअन्तर्राष्ट्रिय क्षेत्रका शिक्षा, क्लाउड कम्प्युटिङ, सीप विकास र उद्यम शीलता प्रशिक्षणका नेतृत्व दायकहरू सँग सहकार्य गरिरहेका छौैं । हामी सूचना प्रविधिका माध्यम बाट हाम्रा समुदायका महिला र सामाजिक रूपमा बञ्चित समूहरूको सशक्तीकरणमा पनि केन्द्रीत रहेका छौं ।”

यसैगरी, यूकेएड सीपका टिम लिडर बलजीत बोहराले भन्नुभयो,“हामी यो साझेदारीमार्फत समस्याको जरै तहमा काम गरेर परिस्थितिमा परिवर्तन ल्याउन चाहन्छौं । यो कार्यक्रमको मुख्य उद्देश्य भोलिका प्रविधिक जनशक्तिलाई आज प्रशिक्षित तुल्याउनु र उनीहरू लाई लाभदायक रोजगारीमा नियुक्ति सुनिश्चित तुल्याउनु हो ।”

नेपालमा युवा बेरोजगारी बढ्दो समस्याका रूपमा रहेका बेला सूचना प्रविधि उद्योगले भने आफ्ना रिक्त पद पूर्तिका लागि योग्य उम्मेदवार नै नपाउने समस्या झेलिरहेको छ । यो परियोजनाका माध्यम बाट जेनेस सोलुसनले नेपालका विद्यार्थीहरू लाई आवश्यक ज्ञान र सीप युक्त बनाउने गरि प्रशिक्षित गर्ने, स्थानीय र विश्वस्तरमा रोजगारी उपलब्ध गराउने तथा केही हद सम्म भए पनि युवा बेरोजगारी कम गर्ने लक्ष्य लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here