फोटोनले थप्यो ५ नयाँ शिल्ड सर्भिस पोइन्ट, देशभर EV सेवा नेटवर्क २१ भन्दा बढी स्थानमा विस्तार
२९ असार, काठमाडौं।
FOTON ले भालुवाङ, बागलुङ, लालबन्दी, चपुर र लहानमा पाँच नयाँ आधिकारिक FOTON Total Care Shield Service Point सञ्चालनमा ल्याउँदै नेपालमा आफ्नो बिक्रीपछिको सेवा नेटवर्क थप सुदृढ बनाएको छ ।
यस विस्तारसँगै FOTON को देशव्यापी बिक्रीपछिको Service नेटवर्क २१ भन्दा बढी स्थानमा पुगेको छ । यसबाट देशभरका ग्राहकले भरपर्दो तथा स्थानीयस्तरमै उपलब्ध विद्युतीय सवारीसाधनको मर्मतसम्भार र प्राविधिक सहायता थप सहज रूपमा प्राप्त गर्न सक्नेछन् ।
नयाँ स्थापना गरिएका Shield Service Point हरूले सम्बन्धित क्षेत्र तथा आसपासका स्थानमा रहेका FOTON का ग्राहकलाई छिटो र सुविधाजनक सेवा प्रदान गर्नेछन् । भरपर्दो सवारीसाधन र समयमै उपलब्ध हुने बिक्रीपछिको सेवामा दैनिक सञ्चालन निर्भर रहने शैक्षिक संस्था, लजिस्टिक व्यवसायी तथा व्यावसायिक सवारीसाधन सञ्चालकका लागि यो विस्तार विशेष महत्त्वपूर्ण हुनेछ ।
FOTON Total Care Network मार्फत ग्राहकले नियमित मर्मतसम्भार, सवारीसाधनको प्राविधिक परीक्षण, मर्मत तथा warranty सहयोगलगायत सेवा प्राप्त गर्नेछन् । नयाँ Service Point हरू FOTON का विद्युतीय सवारीसाधनका लागि आवश्यक विशेष diagnostics उपकरण, तालिमप्राप्त EV प्राविधिक तथा FOTON का Genuine स्पेयर पार्ट्ससहित सञ्चालनमा ल्याइएका छन् ।
नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दै जाँदा दक्ष तथा योग्य EV मर्मत सेवाको पहुँच पनि उत्तिकै महत्त्वपूर्ण बन्दै गएको छ । प्रमुख सहरी क्षेत्रबाहिर समेत सेवा विस्तार गर्दै FOTON ले सवारीसाधनको सुरक्षा र विश्वसनीयता बढाउने, सवारीसाधनको आयु लम्ब्याउने तथा बिक्रीपछिको सेवा लिन ग्राहकले लामो दूरी यात्रा गर्नुपर्ने अवस्था घटाउने लक्ष्य राखेको छ ।
सवारीसाधन सञ्चालनमा अवरोध आउने समय र सञ्चालन खर्च घटाउनु FOTON Total Care कार्यक्रमको प्रमुख उद्देश्य हो । नियमित तथा रोकथाममूलक मर्मतसम्भार, छिटो सेवा, पारदर्शी प्रक्रिया तथा नेपालको भूगोल र सञ्चालन अवस्था अनुकूल सेवा तयारीमार्फत व्यावसायिक सवारीसाधनलाई निरन्तर सञ्चालनमा राख्दै व्यवसायलाई सहज रूपमा अघि बढाउन यो कार्यक्रम तयार गरिएको हो ।
FOTON Total Care Shield Service Point हरू दुर्गम, अर्धसहरी तथा क्षेत्रीय बजारमा आधिकारिक सेवा केन्द्रका रूपमा सञ्चालन हुनेछन् । यी केन्द्रहरूले एउटै मापदण्डको गुणस्तरीय सेवा र सहज पहुँचयुक्त बिक्रीपछिको सहायता प्रदान गर्नेछन् ।
भालुवाङ, बागलुङ, लालबन्दी, चपुर र लहानलाई आफ्नो सेवा नेटवर्कमा समावेश गर्दै FOTON ले ग्राहकको दीर्घकालीन विश्वास थप बलियो बनाउनुका साथै नेपालमा विद्युतीय व्यावसायिक सवारीसाधनको विस्तारलाई सहयोग गर्ने प्रतिबद्धतालाई निरन्तरता दिएको छ ।
MAW Vriddhi
MAW Vriddhi Commercial Vehicles Pvt. Ltd. नेपालका लागि FOTON सवारी साधनको आधिकारिक वितरक हो । कम्पनीले देशभर विस्तार भइरहेको शोरुम तथा सेवा केन्द्रको सञ्जालमार्फत व्यावसायिक गतिशीलता समाधान उपलब्ध गराउँदै आएको छ । भरपर्दो सवारी साधन, सहज बिक्रीपछिको सेवा, असली पार्ट्स तथा ग्राहककेन्द्रित गतिशीलता समाधानमार्फत ग्राहक र व्यवसायलाई सहयोग गर्नु कम्पनीको प्रमुख उद्देश्य हो ।
For More: Foton Expands EV Network Nepal


