वैदेशिक राेजगारीमा जानेहरूकाे बीमा शुल्क अब खल्ती डिजिटल वालेटबाटै तिर्न सकिने

Insurance Policy Fees
Share It On:

२७ फागुन २०७७, काठमाडौं ।

वैदेशिक राेजगारीका लागि जाने नेपालीहरुले गर्नुपर्ने बीमाको शुल्क अब आफ्नो मोबाइलमा खल्ती डिजिटल वालेट एप राखी भुक्तानी गर्न सक्ने भएका छन् ।

वैदेशिक राेजगार विभागले वैदेशिक राेजगारीमा जाने हरेक नेपालीले बीमा गर्नुपर्ने व्यवस्था गरेकाे छ । यस अन्तर्गत खल्ती डिजिटल वालेटले ज्याेति लाईफ इन्स्याेरेन्ससँगकाे सहकार्यमा माेबाइलबाटै बीमा शुल्क भुक्तानी गर्ने व्यवस्था गरेकाे छ । यसरी बीमा गरेपछि राेजगारीको लागि जाँदा स्वास्थ्य उपचार गर्नुपर्ने अवस्था आएमा सो खर्च बीमा कम्पनीले बेहाेनेर्छ । म्यानपावर कम्पनी र राेजगारीमा जाने व्यक्तिहरु यस्ताे बीमा रकम स्वयंले गर्नुपर्छ । सामान्यतया म्यानपावर कम्पनीहरूले बीमा गर्दा सामुहिक रुपमा जीवनको बीमा गर्छन् ।

बीमा गर्नुपर्ने व्यक्तिले खल्ती एपमा रहेकाे वैदेशिक राेजगार विभाग बीमा (DOFE Insurance) मा ट्याप गरेर आफ्नाे पासपाेर्ट नम्बर लगायतका विवरण भर्नुपर्छ । मागेकाे विवरण सबै भरेपछि ताेकिएकाे शुल्क खल्ती एप वा Khalti.com बाट भुक्तानी गर्न सकिन्छ । शुल्क भुक्तानी गरेपछि व्यक्तिकाे बीमा पाेलिसी तयार हुन्छ । त्यसलाई डाउनलोड गरेर राख्नुपर्छ । साथै वैदेशिक रोजगार कल्याणकारी कोषको रकम पनि खल्तीबाटै भुक्तानी गर्न सक्नेछन् । यसले वैदेशिक राेजगारीमा जानेहरूलाई निकै सहज हुने भएकाे छ।

खल्ती डिजिटल वालेट नेपालको लाेकप्रिय पेमेन्ट गेटवे हो जसको उद्देश्य प्रयोगकर्ताको समय बचत गरी भुक्तानी र बैंकिंग कारोबार सहज साथै सरल गर्नु हो । ‘खल्ती’ वालेटको प्रयोग गरी ६०+ बैंकमा पैसा पठाउन सकिने साथै मोबाइल रिचार्ज, बिजुली, पानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म, प्लेन, इभेन्ट्स को टिकट खरिद, होटेल रुम बुकिङ गर्ने, इ–कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, दैनिक पत्रिकाहरुको ग्राहक–शुल्क तिर्ने, सरकारी कर तथा सेवा शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिन्छ । साथमा भुक्तानीमा पाइने क्यासब्याकको फाइदा उठाई रकम बचत गर्न पनि सकिन्छ। ‘खल्ती’का प्रयोगकर्ताहरुको संख्या १४ लाखभन्दा बढि छन् ।

कसरी डाउनलोड गर्ने ‘खल्ती’ एप ?

‘खल्ती’ एप यो Khalti.com/app बाट डाउनलोड गरी उपलब्ध सबै सेवाहरुको अनलाईन भुक्तानी गर्न सकिन्छ । माेबाइलमा डाउनलाेड गर्न गुगल प्ले स्टाेर वा एप्पल स्टाेरमा याे एप उपलब्ध छ ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *