महासंघद्वारा प्यारालम्पिकमा काश्य पदक बिजेता पलेशा गोवर्धन सम्मानित

FNCCI Honor Paralympic Bronze
Share It On:

२१ भदौ, काठमाडौं । 

नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) ले प्यारालम्पिक खेलकुदमा ऐतिहासिक सफलता प्राप्त गर्ने २१ वर्षीय तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई सम्मान गरेको छ।

FNCCI Honors Paralympic Bronze

महासंघले गोवर्धनलाई रु ३ लाख, प्रशिक्षक कविराज नेगी लामालाई रु १ लाख २५ हजार, र व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई रु ७५ हजार नगद पुरस्कार सहित सम्मान गरेको हो।

पलेशा गोवर्धन प्यारालम्पिक खेलमा पदक जित्ने पहिलो नेपाली खेलाडी हुन्, जसले नेपालका लागि ऐतिहासिक कांस्य पदक हासिल गर्दै राष्ट्रिय खेलकुद इतिहासमा नयाँ पानाहरू थपेकी छिन्।

सम्मान कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले गोवर्धन, प्रशिक्षक, र व्यवस्थापकलाई बधाई ज्ञापन गर्दै यस्तो सम्मान गर्न पाउँदा गर्व महसुस भएको बताए। अध्यक्ष ढकालले निजी क्षेत्रका सदस्यहरूलाई पनि खेलकुदमा थप योगदान पुर्‍याउन आग्रह गरे।

उहाँले भन्नुभयो, “नेपाली युवाहरू अत्यन्त प्रतिभाशाली छन्, र सरकारसँगै निजी क्षेत्रले पनि खेलकुदको प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्नुपर्छ।”

गोवर्धनले २०२४ पेरिस प्यारालम्पिकमा तेक्वान्दोको महिलाको ५७ के.जी. के–४४ वर्गमा सर्बियाकी मारिजा माइसिभलाई १५–८ ले पराजित गर्दै कांस्य पदक जितेकी थिइन्। यो पदक नेपाली खेलकुदको इतिहासमा ओलम्पिकमा पहिलो पटक हासिल भएको हो।

उहाँको यो विजयले आगामी पुस्ताका खेलाडीहरूलाई प्रेरणा दिने विश्वास व्यक्त गरिएको छ।

FNCCI का अध्यक्ष ढकालले गोवर्धनको ऐतिहासिक उपलब्धिले अन्तर्राष्ट्रिय मञ्चमा नेपाली खेलकुदको मापदण्डलाई नयाँ उचाइमा पुर्‍याएको र यो नेपालका लागि गर्वको क्षण भएको बताए।

महासंघले नेपाली खेलाडीहरूको उन्नयन र खेलकुद क्षेत्रको प्रवर्द्धनमा निजी क्षेत्रको सहयोग महत्वपूर्ण हुने उल्लेख गर्दै, यसक्षेत्रमा अझ धेरै योगदान पुर्‍याउन आव्हान गरेको छ।

For more: FNCCI Honors Paralympic Bronze


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *