गुडिरहेको बसमा आगलागी : चालक लामाको उपचार हुँदै
५ असोज, काठमाडौं।
काठमाडौंको त्रिपुरेश्वर चोकस्थित राहदानी विभाग अगाडि रिद्धिसीद्धी यातायातको बा ५ ख ४२७४ नम्बरको बसमा आगलागी भएको छ । सोमबार दिउँसो साढे १२ बजेतिर भक्तपुरबाट थानकोट जाने क्रममा बसमा आगलागी भएको हो ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी नरेशराज सुवेदीका अनुसार बसका चालक २५ वर्षीय दावा लामा घाइते भएका छन् । उनलाइ उपचारका लागि बर्न अस्पताल लगिएको सुवेदीले बताए ।
यसैगरी गाडीमा आगो लाग्नुको कारण खोजी भइरहेको एसपी सुवेदीले बताए । साथै एक प्रत्यक्षदर्शीका अनुसार बस आगलागी भएको देखिएपनि कारण खुल्न सकेको छैन् ।
कसरी आगलागी भयो भन्नेबारे थाहा नभएको ति प्रत्यक्षदर्शीले बताए । ड्राइभरको सिट नजिकैबाट आगलागी भएको देखिएको उनले बताए । आगलागीबाट भएको मानवीय तथा भौतिक क्षतिको विवरणसमेत आउन बाँकी रहेको छ ।
For More: Fire on moving bus

