गजेन्द्र राईलाई ‘साइबर क्राइम’को मुद्दा फिर्ता गर

Federation of Nepalese Indigenous Nationalities Journalists

१३ मंसिर २०७९, काठमाडौं।

उदयपुर जिल्लामा रहेर पत्रकारिता गर्दै आएका प्रेस सेन्टर नेपालका जिल्ला समन्वय समिति सचिव तथा नीगरानी पोस्टका संचालक, रेडियो नेपालको उदयपुर खबरदाता र नेपाल फोटाे पत्रकारका केन्द्रिय सचिव र आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का संघिय सदस्य समेत रहेका पत्रकार गजेन्द्र राईलाई २०७९ मंसिर ९ गते समाचार लेखेको विषयलाई लिएर नेपाल प्रहरीले गिरफ्तार गरी ‘साइबर क्राइम’को मुद्दा चलाएको प्रेस सेन्टर नेपालले विरोध गरेको छ ।
समाचारमा चित्त नबुझे उजुरी गर्ने, अनुसन्धान गरि कार्वाही गर्ने निकाय प्रेस काउन्सिल नेपाल हुँदाहुँदै समाचार लेखेकै विषयमा पत्रकारलाई पक्राउ गरी सम्बन्ध नै नराख्ने ‘साइबर क्राइम’मा मुद्दा चलाउनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको प्रहार हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here