सनराइज बैंकको ४६ औं शाखारहित बैंकिङ्ग सेवा मोरङ्गको हरैचामा

extension-of-46th-branchless-bankin-service-in-morang

०९ माघ २०७६, काठमाडौं ।

सनराइज बैंक लिमिटेडले बैंकिङ्ग सेवा नपुगेका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पु¥याउँदै जाने उद्धेश्यका साथ मोरङ्गको हरैचामा ४६ औं शाखा रहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । बिहिबार आयोजित एक कार्यक्रममा शाखारहित बैंकिङ्ग सेवा सुन्दरहरैचा नगरपालिका – १ का अध्यक्ष श्री विनोद बहादुर बस्नेत र बैंकको प्रादेशिक कार्यालय १ का प्रमुख श्री विवेक निरौलाले संयुक्त रुपमा बैंकिङ्ग सेवाका प्रतिनिधि श्रीमती ममता कुमारी चोेैधरीलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गर्दैे उद्घाटन गर्नुभयो ।

उक्त पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ । शाखारहित बैंकिङ्ग सेवा बाट निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने बैंकले जनाएको छ ।

हालसम्म सनराइज बैंकले १३० वटा शाखा,४६ वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र १५२ वटा ए.टि.एम मार्फत आफ्ना ६ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरुमा पनि बैकिङ्ग सेवा संचालन गर्दै जाने योजना रहेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here