के हो इबीपीएस? यसलाई कसरी चलाउने?

The Electronic Building Permit System of Nepal
E-BPS is a web-based application through which building permit applications are processed and current building records are maintained
२ जेठ, काठमाडौं । 

के हो इबीपीएस ? यसलाई कसरी चलाउने ?

इलेक्ट्रोनिक विल्डिङ् परमिट सिस्टम (#EBPS) भवन नक्सा पास गर्ने कामलाई व्यवस्थित बनाउने अनलाइन प्रणाली हो । काठमाडौँ महानगरपालिकाभित्र भवन निर्माण गराउनु परेमा नक्सा स्वीकृत गर्नका लागि यो प्रणाली विकास गरिएको हो । यसमा सबैभन्दा पहिले डिजाइनरलाई युजर नेम र पासवर्ड दिइन्छ । 
यो पेज डिजाइनरले अनलाइन मार्फत नक्सा पेश गर्ने पेज हो । कार्यालयले उपलब्ध गराएको युजर नेम र पासवर्ड भरिसकेपछि व्यक्तिगत विवरण भर्ने पेजमा पुगिन्छ । यस पेजमा जग्गाको विवरण अर्थात् लालपुर्जा, घरको नक्सा, नापी नक्सा सम्बन्धी विवरण भर्नु पर्छ । त्यस्तै वाइलज र विल्डिङ् कोड सम्बन्धी विवरण तथा व्यवस्था पनि यसै पेजमा भर्नु पर्दछ।
विवरण भरिसकेपछि यो फर्म घर नक्सा डिजाइनरले महानगरको रजिष्ट्रेसन डेक्समा सेन्ड गर्छ । रजिष्ट्रेसन डेक्सले फारम भरेको वा अपलोड गरिएका कागजात मिले नमिलेको जाँच गर्छ । नमिलेको भए कमेन्टसहित डिजाइनरलाई सच्याउन फिर्ता पठाउँछ भने विवरण सही भए टेक्निकल डेक्स वानमा पठाउँछ । जहाँ विल्डिङ् वाइलजको परीक्षण हुन्छ ।
टेक्निकल डेक्स वानमा विवरण ठीक भए त्यसलाई टेक्निकल डेक्स टुमा पठाइन्छ जहाँ विल्डिङ कोडका पक्षबाट कागजपत्र जाँच गरिन्छ ।
डिजाइनरले विवरण भर्दा विल्डिङ् कोड र विल्डिङ्  वाइलज विपरीत भरेको भए सफ्टवेयरले गलत डिजाइनमा रातो अर्थात् फल्टी डाटा देखाउँछ ।
यी दुवै प्राविधिक पक्षबाट नक्सा पास प्रक्रिया अघि बढेपछि एक्ज्युकेटिभ वानकोमा फाइल पुग्छ । त्यहाँ विवरणको ओभरअल विश्लेषण गरिन्छ । त्यहाँबाट पास भइसकेपछि भवन दस्तुर तिर्ने चरणमा पुगिन्छ ।
रेभिन्यू डेक्स्टबाट फाइल वडा कार्यालयमा जान्छ । वडाले साँध सँधियारसँगको सम्बन्ध वुझ्न १५ दिने सूचना प्रकाशित गर्छ । १६ औं दिनमा सर्जमिन गरी मुचुल्का तयार गर्छ ।
त्यसपछि बस्तुगत स्थितिमा सर्जमिन तथा मुचुल्काको विवरणसहितको डाटा महानगरको केन्द्रमा रहेको एक्ज्युकेटिभ डेक्समा पठाउँछ ।
यसरी भवन निर्माणकालागि आवश्यक पर्ने मापदण्डलाई सफ्टवेयरमार्फत विश्लेषण गरी स्वीकृति प्रदान गरिन्छ । यस प्रक्रियाबाट मानवीय त्रुटीकाकारण भवन निर्माण प्रक्रियामा हुने लापर्वाही तथा कमजोरी पूर्ण रुपमा कम हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here