इजी सर्भिस नेपालले ल्यायो रु.९९९ मा नै एसी इन्टलेसन गर्ने सुविधा
२३ जेठ, काठमाडौं ।
गर्मी बढेसँगै एयर कण्डिसनर (एसी) को माग अत्याधिक बढी रहेको अवस्थालाई मध्यनजर गरेर एसी जडान गर्नलाई सहुलियत होस भन्ने उद्देश्यले एलजी, सामसङ, पानासोनिक, टिसीएल, वाल्ट्रा, माइडिया, अक्स, भोल्टाज, लगायतका ब्राण्डहरूको एसी जडान गर्नलाई अब मात्र रु ९९९/- लाग्ने भएको छ।
यसैगरी कम्पनीले वार्षिकरुपमा एसी मर्मत संभार गर्नका लागि एएमसी अर्थात वार्षिक शुल्क ४९९/- रुपैयाँमा नै एसी मर्मत गरिदिने सेवाको समेत घोषणा गरेको छ।
हाललाई यो सुविधा काठमाडौं उपत्यकाको लागी मात्र रहेको छ भने पछि अन्य सहरहरूमा पनि विस्तार गरिदै लगिने यस कंपनीका सर्भिस म्यानेजर सुमन सिंहले बताए।
“कम्पनीसँग यस क्षेत्रमा विगत १० वर्ष भन्दा वढी समयको अनुभव भएको र विभिन्न ब्राण्डका लागि काम गरेको अनुभवले नै यो नयाँ सेवा ल्याउन सकिएको हो,” सर्भिस म्यानेजर सुमन सिंहले भने, “हाम्रो उद्देश्य भनेको उचित मुल्यमा समयमा नै गुणस्तरीय सेवा प्रदान गर्नुहो।”
इजी सर्भिस नेपाल इलेक्ट्रोनिन्स कन्सर्न एण्ड रिसर्च सेन्टर(ईसीआरसी) द्वारा संचालित र अधिनमा रहेको छ। ईसीआरसीले देशभर पानासोनिक, वाल्ट्रा, वेबर, यासुदा, सानसूई लगायत विभिन्न ब्राण्डको आधिकारीक सर्भिस सेन्टर चलाईरहेको छ।
यसका साथै कम्पनीले हाल टिभी, एसी, वासिङ्ग मेसिन, रेफ्रिजेरेटर, माईक्रो ओभन, कोल्ड रूम, लगायतका इलेक्ट्रोनिक्स तथा समानहरुको मर्मत तथा जडान गर्ने कार्य गरिराखेको छ।
यसको लागि कम्पनीका देशभरी नै ३५ ओटा लोकेसन र १२० जना भन्दा वढी टेक्निसियन, र इन्जिनियरमार्फत सेवा प्रदान गरिराखेको छ।
यो सेवाको लागि मोबाइल एपमार्फत समेत बुकिङ्ग गर्न सकिनेछ। यसको लागि कम्पनीको आधिकारीक एप Click Here डाउनलोड गरेर सेवा लिन सक्नुहुनेछ।