कान्ति बाल अस्पतालको निर्देशकमा डा. रामहरि चापागाईं नियुक्त
२० साउन, काठमाडौं।
सरकारले कान्ति बाल अस्पतालको नेतृत्व परिवर्तन गर्दै निर्देशक डा. पंकज रायलाई जिम्मेवारीबाट हटाएको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले मंगलबार डा. रायको स्थानमा अस्पतालकै ११औँ तहका वरिष्ठ बालरोग विशेषज्ञ डा. रामहरि चापागाईंलाई नयाँ निर्देशक नियुक्त गरेको हो।
मन्त्रालयले करिब तीन वर्षपछि अस्पतालको नेतृत्व परिवर्तन गरेको हो। डा. पंकज राय २०८० सालको भदौ १३ गते कान्ति बाल अस्पतालको निर्देशकमा नियुक्त भएका थिए। मन्त्रालयले मंगलबार उनलाई पदबाट हटाउँदै डा. चापागाईंलाई निर्देशकको जिम्मेवारी सुम्पिएको जनाएको छ।
यद्यपि निर्देशकको जिम्मेवारीबाट हटाइए पनि डा. रायको स्थायी दरबन्दी कान्ति बाल अस्पतालमै रहेकाले उनी अस्पतालमा चिकित्सकका रूपमा कार्यरत रहने छन्।
For More: Kanti Children’s Hospital Director

