१६ माघ, काठमाडौं ।
स्वरोजगार लघुवित्तले लाभांश घोषणा गरेको छ। लघुवित्तको माघ १५ गते बसेको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।
जस अनुसार कम्पनीले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.३६८४ प्रतिशत नगद लाभांश गरि कुल ७.३६८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीको उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ ।