नयाँ वर्षको अवसरमा डिशहोम इन्टरनेटको धमाकेदार अफर: वार्षिक जडानमा २ महिना थप बोनस!
१ वैशाख , काठमाडौँ।
नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक डिशहोम इन्टरनेटले नयाँ वर्ष २०८३ को सुखद उपलक्ष्यमा आफ्ना ग्राहकहरूका लागि अत्यन्तै आकर्षक र सुलभ “नयाँ वर्षको नयाँ अफर” सार्वजनिक गरेको छ।
निरन्तर गुणस्तरीय र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आएको डिशहोमले बढ्दो डिजिटल आवश्यकतालाई मध्यनजर गर्दै यो योजना ल्याएको हो।
यस योजना अन्तर्गत नयाँ वार्षिक कनेक्सन लिने ग्राहकहरूले १२ महिनाको शुल्क तिर्दा कुल १४ महिना सम्म उच्च गतिको इन्टरनेट सेवा उपभोग गर्न पाउनेछन्। अर्थात्, ग्राहकले वार्षिक प्याकेजमा २ महिनाको बोनस सेवा पूर्ण रूपमा निःशुल्क प्राप्त गर्नेछन्।
अफरका मुख्य विशेषताहरू
२ महिना अतिरिक्त बोनस: वार्षिक प्याकेज खरिद गर्दा १४ महिनाको सेवा अवधि।
विविध गति: २०० एमबीपीएसदेखि १००० एमबीपीएस सम्मका उच्च गतिको इन्टरनेट प्याकेजहरू उपलब्ध।
उपलब्ध प्याकेजहरू: २००, ३००, ६०० र १००० Mbps।
नयाँ कनेक्सनमा लागू: यो योजना नयाँ वार्षिक इन्टरनेट जडान गर्ने ग्राहकहरूका लागि सीमित अवधिको लागि मात्र उपलब्ध छ।
डिशहोम इन्टरनेटले छोटो समयमै नेपालभर आफ्नो छिटो र भरपर्दो फाइबर इन्टरनेट सेवाका कारण बेग्लै पहिचान बनाउन सफल भएको छ। उत्कृष्ट गेमिङ अनुभव, बिना अवरोध भिडियो स्ट्रिमिङ र सहज ‘वर्क फ्रम होम’का लागि डिशहोम इन्टरनेट नेपाली ग्राहकहरूको रोजाइमा पर्दै आएको छ।
“नयाँ वर्ष, नयाँ Connection” नाराका साथ सार्वजनिक गरिएको यस अफरमार्फत ग्राहकले ‘Value for Money’ को वास्तविक अनुभव लिन सक्नेछन्।
नेपालभर फैलिएको डिशहोमको विस्तृत डिलर सञ्जालका कारण जडान र मर्मत सेवा पनि अत्यन्तै सहज र प्रभावकारी रहेको छ।
इच्छुक ग्राहकहरूले नयाँ कनेक्सनका लागि आफ्नो नजिकैको डिशहोम डिलरसँग सम्पर्क गर्न सक्नुहुनेछ वा थप जानकारीका लागि कम्पनीको ग्राहक सेवा केन्द्रको नम्बर ०१-५९७०३६५ मा सिधै फोन गर्न सक्नुहुनेछ।
यो नयाँ वर्षमा डिशहोम इन्टरनेटसँग जोडिनुहोस् र Pay for 12, Enjoy 14 को फाइदा उठाउँदै डिजिटल संसारको असीमित आनन्द लिनुहोस्।
For more: DishHome 2-Month Free Bonus Offer


