निमा एकेडेमी र प्रभु म्यानेजमेन्टको सहकार्य

Digital Learning Day - 2020

 १७ फागुन २०७६, काठमाडौं ।

निमा एजुकेशन फाउण्डेशनले यस वर्ष पनि Digital Learning Day एक कार्यक्रमको आयोजना गरी मनाएको छ ।
पहिलोपल्ट गतवर्ष Feb 28, 2019 दिन Digital Learning Day सु-सम्पन्न गरेको थियो । यसरी Digital Learning Day मनाउने प्रचलन संसार भर प्रचलित छ ।

Digital Learning Neema academy

Digital Learning Day मनाउँदा विद्यार्थीको सिकाइमा अभिवृद्धि हुने र विद्यार्थीको अध्ययनमा निकै उत्साह प्राप्त हुने विश्वास गरिन्छ । यही अवसरमा निमा एजुकेशन फाउण्डेशनले आफ्नो “Neeemacademy Learning App” र “Neemacademy Instructor App” दुबै एकैसाथ प्रारम्भ (launch)  गरेको छ । Neemacademy App ले नेपालको शिक्षालाई डिजिटाइज गर्दै विद्यार्थीहरूको अध्ययनलाई गुणस्तरीय बनाउने, कक्षा कोठाको अध्ययनलाई उत्साहपूर्ण बनाउने, शिक्षकहरूलाई सक्रिय बनाई प्रविधि मैत्री शिक्षणमा मद्दत गर्ने र समग्र शिक्षा प्रणालीमा गुणस्तरीय परिवर्तन गर्ने कुरा प्रबन्ध निर्देशक निश्चलमान प्रधानले व्यक्त गर्नुभयो ।

निमा एजुकेशन फाउण्डेशन (NEF) शिक्षालाई (NEF) गर्ने उद्देश्यका साथ सन् 2018 मा स्थापना भएको हो । यसले शिक्षालाई कागज विहिन (paperless) बनाउँदै digitize गर्ने र learning pedagogy मा नयाँ अवधारणाहरू ल्याउँदै e-learning platform Neemacademy  बनाउने छ । यस App को शैक्षिक ज्ञानलाई एकीकृत समाधान दिने योजना छ । App भित्र अन्तरक्रियात्मक पढाइ तथा सिकाइ, animated videos, GIFs gamification, STEAM learning programme, video tutorials, text based content, trackable quiz र worksheets  आदि राखिएको छ । यी सबै अध्ययन सामाग्रीमा पाठ्यक्रम विकासको स्वीकृति रहने छ ।

कार्यक्रम सामाजिक विकास मन्त्रालय प्रदेश १ का उपसचिव दामोदर फुएलको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । सो कार्यक्रममा PABSON Bagmati प्रदेशका अध्यक्ष तथा निमा एजुकेशन फाउण्डेशनका सल्लाहकार थकिन गुरुङ, प्रभु म्यानेजमेन्टका अध्यक्ष कुसुम लामाले इ–शिक्षा र प्रभु म्यानजमेन्ट सम्बन्धी आफ्ना महत्वपूर्ण विचार राख्नु भएको थियो । निमा एजुकेशन फाउण्डेशनका शैक्षिक निर्देशक  मोहन घिमिरेले स्वागत मन्तव्य राख्नु भएको उक्त कार्यक्रमको अध्यक्षता फाउण्डेशनका अध्यक्ष  हरिमान प्रधानले गर्नुभएको थियो ।

eshikshya Prabhu Management

शिक्षालाई Digitize गर्ने कार्यमा Neemacademy र इ–शिक्षा (e-shikshya) ले यसै वर्षबाट सहकार्य गर्ने कुरा निमा
एजुकेशनका प्रबन्ध निर्देशक (Managing Director)  निश्चलमान प्रधानले बताउनुभएको छ । साथै Neemacademy App को विशेषता बारेमा उहाँले एउटा Digital Demonstration समेत गर्नुभएको थियो । कार्यक्रमको रोचक र महत्वपूर्ण पक्ष Digital Learning  सम्बन्धमा भएको Panel Discussion थियो । सहजकर्ताको रूपमा Microsoft Company का Business Development Manager ले महत्वपूर्ण भूमिका गर्नुभएको यस कार्यक्रममा पदमराज पन्त (IT/ e-learning expert), प्रा. विनोद प्रसाद पन्त (Acting Head of Dept. of STEAM at KU), शुशिल उप्रेती (Instructional Technology Trainer, Consultant, Course Developer), शेषकान्त पङ्गेनी, PhD (Asst. Prof. of KU) र विश्व बैङ्कका Data Consultant लिजा महर्जनले शिक्षणलाई Digital Transformation कसरी गर्न सकिन्छ र सिकाइ प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा आफ्ना विचारहरू प्रस्तुत गर्नुभएको थियो। उपत्यकाका ४५ भन्दा बढी प्रिन्सीपलहरुको सहभागिता रहेको यो कार्यक्रम होटल रोयल सिङ्गीमा आयोजना गरिएको थियो ।
भविष्यमा नेपालको शिक्षा प्रणालीलाई नै परिवर्तन गर्ने अपेक्षा गर्दै कार्यक्रम सुसम्पन्न गरिएको थियो ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here