४ वैशाख २०८०, काठमाडौं।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा सीडी रेसियो तोकेको बमोजिम नगर्ने ६ बैंक तथा वित्तीय संस्थालाई कारबाही गरेको छ।केन्द्रीय बैंकले ४ विकास बैंक र २ फाइनान्स कम्पनीलाई कारबाही गरेको हो।
यी बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले जरिवाना गरेको छ।
विकास बैंकहरुमा कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, नारायणी विकास बैंक र सप्तकोशी डेभलपमेन्ट बैंक छन्।
त्यस्तै, फाइनान्सतर्फ जानकी फाइनान्स र नेपाल फाइनान्स रहेको छ ।