मध्य चमेलिया जलविद्युत अघि बढ्यो, दार्चुला पावरलको आइपिओ स्वीकृत
१३ मंसिर, काठमाडौं ।
दार्चुला पावर लिमिटेडले १२ मंसिरमा आफ्नो वार्षिक साधारणसभा भव्य रूपमा सम्पन्न गरी सबै प्रस्तावहरू पारित गरेको छ। सभाले आर्थिक वर्ष २०८१/८२ का वित्तीय विवरण, भौतिक प्रगति, नाफा–नोक्सान, नगद प्रवाह लगायत सबै विवरणहरू स्वीकृत गर्यो।
कम्पनीले प्रारम्भिक सार्वजनिक निष्काशन (IPO) सुरु गर्ने प्रस्ताव पनि पारित गरेको छ। यसका लागि कम्पनीले मुक्तिनाथ क्यापिटलसँग सम्झौता गरी प्रक्रिया अघि बढाइसकेको छ।
Advertisement
सभाले कम्पनीको अधिकृत पूँजी र जारी पूँजी वृद्धि गर्ने र नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पनि अनुमोदन गर्यो।
दार्चुला पावर, API पावरको सहायक कम्पनी हो, र हाल २८.३०४ मेगावाट क्षमताको मध्य चमेलिया जलविद्युत आयोजना निर्माण गरिरहेको छ। करिब ५६६ करोड रुपैयाँ लागतको यो आयोजना तीव्र गतिमा अघि बढिरहेको छ।
कम्पनीका संचालकहरूका अनुसार, निर्माण गति, ठेक्का व्यवस्थापन, सामग्री आपूर्ति, स्थानीय समन्वय र वित्त व्यवस्थापन राम्रो भएकोले आयोजना तोकिएको समयभन्दा अघि सक्ने लक्ष्य राखिएको छ।

